ADVERTISEMENT
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

आज उम्मेदवारी दर्ताः चितवनमा केन्द्रीय नेताहरु चुनावी प्रतिस्पर्धामा

by चितवन पोष्ट
२०७० आश्विन १७, बिहीबार ०२:१० गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

-बसन्त पराजुली
भरतपुर । मंसिर ४ गतेको संविधानसभा निर्वाचनका लागि आज बिहीबार उम्मेदवारी दर्ता हँुदै छ । वैद्य नेतृत्वको नेकपा माओवादीको विरोधमा पनि  निर्वाचन आयोगले घोषणा गरेको प्रत्यक्षतर्फको उम्मेदवारका लागि उम्मेदवारी दर्ता कार्यक्रमअन्तर्गत उम्मेदवारी दर्ता हुन लागेको हो । केही विवाद र मतमतान्तरका बीच पनि दलहरुले चितवनमा आआफ्ना उम्मेदवार चयन गरिसकेका छन् ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म समय छुट्टाएको छ । निर्धारित समयभित्रै उम्मेदवारी दिन दलहरुले आफ्नो पार्टी कार्यालयबाट एकैपटक कार्यकर्ताका साथ उम्मेदवारहरु निर्वाचन कार्यालय पु¥याउने तयारी गरिरहेका छन् ।
एकीकृत नेकपा माओवादीको भरतपुर चितवन मेडिकल कलेज अगाडिस्थित कार्यालय, कांग्रेसको नारायणगढ कमलनगरस्थित कार्यालय, एमालेको  भरतपुर १० मदननगरस्थित कार्यालयमा कार्यकर्ता जम्मा भई उम्मेदवारी दर्ता गराउन आउने योजना बनाइएको छ । माओवादीले र एमालेले ११ बजे आफ्ना कार्यकर्ताहरुलाई आफ्नो पार्टी कार्यालयमा बोलाएका छन् भने कांग्रेसले १२ बजे कार्यकर्ता बोलाएको छ ।
कार्यकर्ता जम्मा भएपछि आफूहरुले उम्मेदवारसहित गएर उम्मेदवारी दर्ता गराउने तयारी पार्टीहरुको छ । साना पार्टीहरुले पनि  चितवनमा  आफ्ना उम्मेदवारी दर्ता गराउने तयारी गरिरहेका छन् । राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा मालेलगायतका दलहरुले पनि आफ्नो उम्मेदवार चयन गरी उम्मेदवारी दर्ताको तयारी गरिरहेका छन् । मधेसवादी केही दलहरुले पनि चितवनमा आ–आफ्नो उम्मेदवारी दर्ताको पहल गरिरहेका छन् ।
नेपाली कांग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठले पार्टीका उम्मेदवारहरुलाई जिताउने योजनाका साथ उम्मेदवारी दर्ता गराउन लागिएको बताउनुभयो । ‘हामीले पार्टी कार्यालयदेखि कार्यकर्ताका माझमा उम्मेदवार राखेर निर्वाचन कार्यालय लगि उम्मेदवारी दर्ता गराउने छांै’, सचिव श्रेष्ठले भन्नुभयो ।
माओवादीका जिल्ला नेता सुदर्शन पौडेल प्रज्वलका अनुसार पार्टी कार्यलयमा कार्यकताहरु जम्मा भएर एकैपटक उम्मेदवारी दर्ता गराउने योजना भइरहेको छ । ‘विगतको जस्तै उत्साहले उम्मेदवारी दर्ता गराउने तयारी भइरहेको छ ’, उहाँले भन्नुभयो ।
‘हामी सबै उम्मेदवारको एकैपटक उम्मेदवारी दर्ता गराउँछांै’, उहाँले भन्नुभयो । एमालेले पनि एकैपटक उम्मेदवारी दर्ता गराउने तयारी गरिरहेको छ । एमाले चितवनकी उपसचिव रहनुभएकी क्षेत्र नं. ४ कि उम्मेदवार पार्वती रावलले पार्टीको निर्णयअनुसार सबै नेता कार्यकर्ता जम्मा भएर उम्मेदवारी दर्ता गराउने तयारी भइरहेको जानकारी दिनुभयो ।
कांग्रेसका सभापति सुशील कोइराला चितवन ४, एमालेका पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डे चितवन क्षेत्र १ र एकीकृत नेकपा माओवादीका पूर्व पोलिटब्यूरो सदस्य विश्वभक्त दुलाल ‘आहूति’ क्षेत्र नम्मर २ र नेता अमिक शेरचन क्षेत्र नं. ५ बाट उम्मेदवार बन्ने भएपछि चितवनमा चुनावी माहोल तातेर गएको छ ।
क्षेत्र नं. ५ मै राप्रपाका महामन्त्री विक्रम पाण्डेको उम्मेदवारीले पनि यो वर्ष चितवनमा केन्द्रीय नेताहरु चुनावी प्रतिस्पर्धामा रहेको देखिन्छ । चितवनका सबै उम्मेदवारहरु बुधबार साँझसम्ममा चितवन आइसकेका छन् भने कोइरालाको जिल्ला सभापति टेकप्रसाद गुरुङले वारेश नामा लिएका छन् । विक्रम र अमिकबाहेकका अन्त केन्द्रीय नेता चितवनबाट पहिलो पहिलो पटक उम्मेदवार हुन लागेका हुन् ।
को–को उठ्ने :
एनेकपा माओवादी 

क्षेत्र १ – संगीता भट्टराई रेग्मी
क्षेत्र २ – विश्वभक्त दुलाल ‘आहुती’
क्षेत्र ३ – नारायण दाहाल
क्षेत्र ४ – चित्रबहादुर श्रेष्ठ
क्षेत्र ५ – अमिक शेरचन

नेपाली काँग्रेस
क्षेत्र १ – राजेन्द्र बुर्लाकोटी
क्षेत्र २ – शेषनाथ अधिकारी
क्षेत्र ३ – भीमबहादुर श्रेष्ठ
क्षेत्र ४ – सुशील कोइराला
क्षेत्र ५ – सबिता बराल

नेकपा एमाले
क्षेत्र १ – सुरेन्द्र पाण्डे
क्षेत्र २ – कृष्ण खनाल
क्षेत्र ३ – कृष्णभक्त पोख्रेल
क्षेत्र ४ – पार्वती रावल
क्षेत्र ५ – दानबहादुर तामाङ

Related Posts

‘प्रधानमन्त्रीबाट संवैधानिक अपराध’

कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैनः महामन्त्री डा कोइराला

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला

संसद् विघटनविरूद्ध कांग्रेसको विरोध सभा : ‘संविधान भत्काएर चुनावमा जान सकिँदैन’

चितवनमा सातै पालिकामा कांग्रेसको विरोध सभा हुँदै

Discussion about this post

अन‌ि यो पनि

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश
प्रमुख समाचार

संसद् विघटन अधिकार वर्तमान प्रधानमन्त्रीलाई नभएको जिकिर

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आइतबार संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल...

Read more
चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

महिला हिंसा अन्त्य गरौँ

महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In