भरतपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले वैद्य नेतृत्वको माओवादीलाई बाहिर राखेर गर्न खोजिएको संविधान सभाको निर्वाचन अधुरो र दुर्भाग्यपूर्ण हुने बताउनुभएको छ । रिर्पाेटस् क्लब चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले मोआवादी चुनावमा नआए पनि निर्वाचन गर्नु देशका लागि आवश्यक रहेको धारणा राख्नुभयो ।
‘एउटा पार्टीलाई बाहिर राखेर निर्वाचनमा जानु उपयुक्त होइन’, उहाँको भनाइ थियो, ‘तर पनि देश र नेपाली जनताको लागि अहिले निर्वाचन हुन जरूरी छ । निर्वाचनको विकल्प छैन ।’ प्रमुख दलहरुको तानासाही प्रवितिको अन्त गराउनका लागि निर्वाचनमा जानुको विकल्प नभएको उहाँको धारणा छ ।
Discussion about this post