भरतपुर । पार्टी निर्देशनविपरीत जाने जोकोहीलाई कारबाही गर्ने एमालेका पोलिटव्यूरो सदस्य सुरेन्द्र पाण्डेले बताउनु भएको छ । ‘उम्मेदवार
बन्न पार्टीभित्र कोही कसैले आकाङक्षा राख्न पाउँछ, तर पार्टी निर्देशनविपरीत कोही गएमा त्यसलाई पार्टीबाट निष्काशन गर्ने एमालेको नियम छ,’ नेता पाण्डेले भन्नुभयो ।
बुधबार पत्रकारसँगको भेटघाटमा पाण्डेले आफ्नै पार्टीका एक नेताले बागी उम्मेदवार बन्ने भनी दिएको अभिव्यक्तिले असर नगर्ने बताउनुभयो । पार्टीका पोलिटव्यूरो सदस्यसमेत रहनुभएका पाण्डेले क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी पक्का भएसँगै चुनावी माहोल पनि तयार भएको बताउनुभएको छ । चितवन १ मा पूर्वसासंद जेपी भेटवालले आफूलाई टिकट नपाए बागी उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
Discussion about this post