सौराहा । सौराहामा आयोजना गरिएको दसैं कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि जंगल सफारी लजका खेलाडी मनोज सुनार र मदन महतोले हात पारेका छन् । बुधबार भएको फाइनल प्रतियोगितामा मनोज र मदनको जोडीले सुरज राजलवट र राम थापाको जोडीलाई २१–१६ र २१–१४ अंकले पराजित गर्दै मनोज र मदनले दसैँ कप उपाधि हात पारेका हुन् ।
आयोजक सौराहा व्याडमिन्टन क्लबका अध्यक्ष दीपेन्द्र खतिवडाको अध्यक्षतामा भएको समापन कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो । उत्कृष्ट खेलाडीहरु मनोज सुनार र प्रदिप श्रेष्ठ, बलराम दाहाल र प्रकाश मगरलाई पुरस्कृत गरिएको थियो । प्रतियोगितामा उमेश चौधरी र राजेन्द्र बोटेको टिमलाई उत्कृष्ट टिम घोषित गरियो ।
Discussion about this post