ADVERTISEMENT
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

राजनीतिक दलहरुको उम्मेदवारी चयनमा पुरानोकै बोलबाला

by चितवन पोष्ट
२०७० आश्विन १६, बुधबार ०५:२६ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

मधुसूदन दवाडी
madhu sudan dawadiदोस्रो संविधानसभाको निर्वाचन हुने वा नहुने भन्ने आशंका बिस्तारै हट्दै गएको देखिन्छ । अहिले देशका प्रमुख दलहरु निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार छनोट गर्न व्यस्त छन् । दलहरुभित्रको आ–आफ्नै गुट÷उपगुटका कारणले गर्दा सबै दलहरुलाई उम्मेदवार छनोट गर्न सकस परेको छ । उम्मेदवारको छनोटमा सम्पूर्ण पार्टी पंक्ति सन्तुष्ट हुन सकेको देखिँदैन । निर्वाचन नजिकिँदै जाँदा एक दल त्यागेर अर्काे दलमा प्रवेश गर्ने क्रम पनि बढ्दै गएको देखिन्छ । छेपारोले रङ फेरेजस्तै राजनीतिक दलका नेताहरुले दल त्याग गर्दै हिँड्नुमा नेताहरुमा देखिने सैद्धान्तिक विचलन तथा व्यक्तिगत स्वार्थ मुख्य रुपमा जिम्मेवार छ । समयअनुसार कुन दल बलियो छ, त्यही दलमा लागेर व्यक्तिगत स्वार्थ पूरा गर्न खोज्ने प्रवृत्ति नै दल परिवर्तन गर्नुको मुख्य कारण हो । यसरी दल परिवर्तन गर्नेमा कम्युनिस्ट दलहरुभित्र नै बढी हुने गरेको छ । अहिलेसम्मको दल परिवर्तनको अवस्थालाई हेर्ने हो भने एकीकृत माओवादीबाट एमालेमा जाने र एमालेबाट एमाओवादीमा जाने लहर नै चलेको छ । एमाले र एमाओवादीमा प्रवेश गर्नेमा कांग्रेसभन्दा स्वयं वामपन्थी दलहरुबाटै बढी देखिन्छन् । दुवै दलले एकले अर्काको कार्यकर्तालाई सजिलै प्रवेश दिने गरेकाले पनि यस्तो हुन गएको हो । अन्य दलहरु भन्दा सैद्धान्तिक रुपमा वामपन्थीहरु नै एकापसमा नजिक देखिन्छन् । एमाओवादीले अन्य दलहरुबाट पार्टीमा प्रवेश गर्नेहरुको संख्या बढेकाले पनि उम्मेदवारी छनोट ढिला भएको बताएको छ भने अन्य दलहरुमा पनि त्यस्तै अवस्था रहेको छ । व्यक्तिगत स्वार्थमा विभिन्न पार्टीमा प्रवेश गर्नेहरुको भोलिको राजनीतिक भविष्य कहा“ पुग्छ भन्न सकिन्न ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार आउ“दो बिहीबार २ सय ४० क्षेत्रका निम्ति ७५ जिल्ला सदरमुकाममा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गरिँदै छ, तर राजनीतिक दलहरुले समयसीमाको दुई दिनअगाडिसम्म पनि उम्मेदवार छनोट गर्न सकेका छैनन् । देशभरका कार्यकर्ताहरु आफ्नो पक्षको नेतालाई उम्मेदवार बनाउन दलका नेताहरुको घर धाइरहेका  छन् । कांग्रेस पार्टी कार्यालयमा हरेक दिन सम्हाल्नै नसक्ने गरी नेता तथा कार्यकर्ताहरुको भीड लाग्ने गरेको छ । समयले फड्को मारिसक्यो, देश लोकतान्त्रिक गणतन्त्रको बाटोमा अगाडि बढिरहेको छ । तर, राजनीतिक दलहरु भने उम्मेदवार छनोटमा समयको गतिअनुसार चल्न सकेका छैनन् । उनीहरुको टिकट बाँड्ने मापदण्ड पुरातनवादी तथा यथास्थितिवादी नै देखिन्छ । विकसित देशहरुमा जस्तो जिल्लास्तरका कार्यकर्ताहरुको मतबाट निर्वाचित भएपछि मात्र उम्मेदवार बन्ने पद्धति नेपालमा आजसम्म बन्न सकेको देखिँदैन ।

हाम्रो देशमा हरेक राजनीतिक दलमा शीर्ष नेताहरुको आशीर्वाद, भागबन्डा तथा गुट÷उपगुटको आधारमा टिकट बाँड्ने प्रचलन रहेको छ । कांग्रेसभित्र देउवा पक्ष र कोइराला पक्षबीचको धेरै पुरानो टकराव आजसम्म अन्त्य हुन सकेको छैन । कांग्रेसमा अन्य समयभन्दा निर्वाचनको समयमा बढी विवाद देखिने तथा पार्टीभित्रबाटै अन्तरघात हुने प्रवृत्ति रहेको छ । वि.सं. २०१५ सालदेखि आजसम्म भएका विभिन्न निर्वाचनहरुलाई हेर्दा निर्वाचनमा कांग्रेस पार्टी एकढिक्का भएर अगाडि बढेको देखिँदैन । वि.सं. २०४८ सालमा कृष्णप्रसाद भट्टराई तथा प्रदीप गिरीजस्ता नेताहरुलाई हराउन त्यस समयका शक्तिशाली व्यक्तित्व गिरिजाप्रसाद कोइरालाको ठूलो हात रहेको थियो । कांग्रेसको जनमत घट्दै जानुमा मुख्यतया गुट÷उपगुटले काम गरेको छ । धेरैजसो निर्वाचनमा विभिन्न जिल्लामा कांग्रेसबाट बागी उम्मेदवार उठ्ने गरेका छन् । एउटै निर्वाचन क्षेत्रमा कांग्रेसमा ६–७ जनासम्मको नाम सिफारिस हुनुले त्यही गुट÷उपगुटको राजनीतिलाई संकेत गर्दछ । चितवनको क्षेत्र नम्बर ४ बाट कांग्रेस सभापति सुशील कोइराला उठ्नुमा चितवनमा देखिएको पार्टीभित्रको विवाद मिलाउन नसकेर नै हो । सबैभन्दा धेरै अन्तरघात हुने खतरा रहेको र पार्टीमा ठूलो विवाद रहेको जिल्लामध्ये चितवन पनि एक हो । कांग्रेसमा अझैसम्म शीर्ष नेतृत्वको आशीर्वादबाट टिकट पाउने प्रवृत्ति कायमै देखिन्छ ।

नेकपा एमालेभित्र पनि गुट÷उपगुटको सीमारेखा मेटिन नसकेकाले उम्मेदवार छनोटमा समस्या देखिएको छ । एमालेले एकातिर विभिन्न जनजातिका नेताहरुलाई टिकट दिएर पार्टीमा थुमथुम्याउनु पर्ने आवश्यकता छ भने अर्काेतिर महिला तथा दलितको प्रतिनिधित्वको सवाल पनि उठ्ने गर्दछ । विगतका निर्वाचनहरुमा खासै विवाद नहुने एमालेभित्र यसपटक निकै ठूलो विवाद छ, जसका कारण उम्मेदवार छनोट क्रममा शीर्ष नेताहरु कहिले केन्द्रीय कार्यालय, कहिले मनमोहन स्मृति भवन त कहिले होटलमा बैठक बस्दैछन् । कार्यकर्ताहरुको दबाबले गर्दा पनि पार्टीभित्र त्यसो गरिएको हो । एमालेले लगभग सबै निर्वाचन क्षेत्रको उम्मेदवारीको टुंगो लगाए पनि ठूलो संख्यामा जित्ने सम्भावना बोकेका युवाहरु उम्मेदवार बन्नबाट वञ्चित हुन पुगेका छन् ।

विशेषतः एमालेले यसअघिको चुनाव जित्ने र निकटतम प्रतिद्वन्द्वी रहेका नेतालाई प्राथमिकता दिने मापदण्ड राखेकोले पनि त्यस्तो समस्या आएको हो । पार्टीमा पुरानै अनुहारहरु धेरै दोहोरिएका छन् । कयौँ नेताहरु त जिल्लामा अर्काे कुनै उम्मेदवार नै नभएजस्तो पञ्चायतकालदेखि आजसम्म एकै क्षेत्रबाट एमालेका उम्मेदवार बनिरहेका छन् । पार्टीले नया“ पुस्ताका युवानेताहरु तयार गर्न नसकेको देखिन्छ र भएका कयौँ नेताहरुलाई पनि अगाडि ल्याउन सकेको छैन । गुटगत विवाद देखिएपछि कतिपय एमालेको जिल्ला कमिटीमा एक पक्षले अर्काे पक्षलाई विभिन्न सर्त राखेर जिल्ला कमिटीको निर्माण गरिएको छ । कतै ओली पक्षलाई पार्टी अध्यक्ष दिए खनाल पक्षलाई संविधानसभामा उम्मेदवार बनाउने सर्त राखिएको छ भने कतै खनाल पक्षलाई जिल्ला अध्यक्ष दिएर ओली पक्षलाई उम्मेदवार बनाउने गोप्य सर्त राखिएको छ र सोहीअनुसार कयौँ जिल्लाबाट उम्मेदवारहरुको सिफारिस भएको छ । र, यो पद्धति आफैँमा सकारात्मक कार्य होइन, जसले दीर्घकालीन रुपमा गुटगत राजनीतिलाई मलजल गर्नेभन्दा बढी काम केही गर्दैन । केन्द्रले उम्मेदवार छान्दा स्थानीय संगठनहरुमा काम गरेको र कार्यकर्ताहरुस“ग घुलमिल भएको व्यक्ति छानिनुपर्दछ । एमालेका नेताहरुमा धेरैजसो सुविधाभोगी बनेर सहरमा बस्ने र भोट माग्न कहिलेकाहीँ गाउ“मा आउने परम्परा भित्रिएको छ, जुन आफैँमा कम्युनिस्ट पार्टीमा हुनुपर्ने राम्रो गुण होइन ।

आफूलाई सच्चा कम्युनिस्ट र सैद्धान्तिक रुपमा स्पष्ट दल मान्दै आएको एकीकृत माओवादीले पनि यसपटक समयमा उम्मेदवारहरुको टुंगो लगाउन सकेको छैन । एकातिर पार्टीभित्र गुट÷उपगुट कायमै छ भने अर्काेतर्फ पार्टीमा पुराना विद्रोहबाट आएका र नवआगन्तुकहरुबीचको टकराव पनि देखिन्छ । अन्य पार्टीबाट एमाओवादीमा प्रवेश गरेकाहरु आफूहरु मूल घर छोडेर आएपछि जे भने पनि पाउनुपर्छ भन्ने मान्यता छ भने पार्टीका पुराना नेताहरुमा आफूहरु विद्रोहमार्फत ज्यानको बाजी थापेर आएकाले नया“लाई मौका दिनुहु“दैन भन्ने पक्षमा छन् । स्वयं पार्टी अध्यक्ष प्रचण्डसमेतले यस वास्तविकतालाई स्वीकार गरी नवआगन्तुकहरुको कारणले उम्मेदवार छनोटमा ढिलाइ भएको बताइरहेका छन् । अझ कयौँ जिल्लाका चर्चित उम्मेदवारहरु पार्टी विभाजनपछि वैद्य समूहमा लागेकाले पनि पार्टीको स्थिति कतिपय जिल्लामा नाजुक बन्दै गएको देखिन्छ । एमाओवादीको भित्री मनोविज्ञान सकभर वैद्य पक्ष चुनावी मैदानमा नआएको नै राम्रो हुन्छ भन्ने रहेको छ । एमाओवादीको हरेक क्षेत्रमा चुनावी उम्मेदवारहरुको आकांक्षी–हरुको संख्या बढ्दै जानु पक्कै पनि सकारात्मक पक्ष होइन ।

कुनैबेला कांग्रेसमा देखिने उम्मेदवारको होड र विवाद अहिले नेपालका कम्युनिस्ट पार्टीहरुमा पनि सर्न थालेको छ । धनुषाबाट उम्मेदवार बन्ने इच्छा देखाएका एमाओवादी अध्यक्ष प्रचण्ड स्वयं त्यस जिल्लामा कुरा नमिलेपछि सिरहा जिल्लाबाट उठ्न बाध्य बनेका छन् । माओवादीले अहिलेसम्म सार्वजनिक गरेको उम्मेदवारहरुको सूचीलाई अध्ययन गर्दा धेरै न्यून संख्यामा महिला र दलितहरुको प्रतिनिधित्व रहेको देखिन्छ । उसलाई निर्वाचनमा जातीय मोर्चा घाँडो हुन गइरहेको छ । आफ्नो समुदायको बाहुल्यता रहेको क्षेत्रमा अधिकांश बाहुन÷क्षेत्री उम्मेदवार उठाउन लागेको भन्दै एमाओवादीभित्रकै कतिपय जातीय मोर्चाहरुले खुलेरै पार्टी नेतृत्वसामु औँला ठड्याएका छन् । यदि यो अवस्था रहिरह्यो र जातीयताले निर्वाचन प्रभावित बन्यो भने निर्वाचनमा काटाकाट हुने सम्भावना धेरै देखिन्छ ।

प्रजातान्त्रिक पद्धतिमा जसले जनतास“गै सोच्ने, जनतास“गै हिँड्ने र जनतास“गै काम गर्ने अभ्यास गरेको हुन्छ, ऊ मात्र सच्चा प्रजातन्त्रवादी र जनपक्षीय उम्मेदवार बन्न सक्छ । नेपालमा भने निजामती कर्मचारीहरु समेतलाई दलहरुले निर्वाचनमा उम्मेदवार बनाएका छन् । कयौँ उद्योगपतिलाई सहयोग रकमको आधारमा समानुपातिक तथा प्रत्यक्षतर्फ टिकट बाँडिँदै छ । यसले गर्दा अबको निर्वाचनमा सबै दलबाट धेरै जना व्यवसायीहरु उम्मेदवार बन्ने सम्भावना छ, जसबाट देशको राजनीतिलाई आर्थिक मुद्दाले डो¥याउने खतरा बढ्दै छ । अघिल्लो संविधानसभामा एमालेबाट समानुपातिकमा निर्वाचित उद्योगपति विनोद चौधरी यसपटक प्रत्यक्षबाट नवलपरासीबाट उठ्दैछन् । कांग्रेस पार्टीमा लागेको केही समयमा नै निर्माण व्यवसायी महासंघका अध्यक्ष जयराम लामिछानेले मकवानपुरबाट प्रत्यक्षमा टिकट पाउँदै छन् । विराटनगरमा त एउटै उद्योगपतिलाई कांग्रेस र एमाओवादीले सिफारिस गरेको समाचार पनि मिडियामा आइरहेको छ । यसरी समग्र उम्मेदवार छनोटको पृष्ठभूमिलाई हेर्दा अब राजनीतिक दलमा त्याग, निष्ठा, सिद्धान्तभन्दा पनि अबको संविधानसभामा पैसामा उम्मेदवारहरु बिक्दै गएका छन्, जसले नेपालको राजनीतिमा सिद्धान्तहीन अवसरवादिता मौलाउँदै गएको देखिन्छ ।

सबैभन्दा उपयुक्त उम्मेदवारको छनोट विधि त प्राथमिक निर्वाचन गर्ने विधि नै सबैभन्दा लोकतान्त्रिक  हुन्छ । जिल्लामा पार्टी अध्यक्ष निर्वाचनबाट छानेजस्तै सम्भावित उम्मेदवार पनि निर्वाचनबाटै छान्न सकिन्छ, तर राजनीतिक दलहरुको त्यसतर्फ ध्यान गएको नै छैन । उम्मेदवार नपाए पार्टी छाड्नेदेखि ब्ल्याकमेल गर्नेसम्मको क्रियाकलाप एउटा सभ्य नेता वा कार्यकर्ताले गर्ने क्रियाकलाप होइन । पार्टीमा आन्तरिक लोकतन्त्र बलियो नभएसम्म देशमा समग्र लोकतन्त्रले संस्थागत स्वरुप ग्रहण गर्न सक्दैन । त्यसैले, संविधानसभाको निर्वाचनमा पनि पुरानो संसद्मा जस्तो नभई संविधान निर्माण गर्न सक्ने र त्यसको अन्तरवस्तुलाई बुझेको व्यक्तिलाई राजनीतिक दलले उम्मेदवारका रुपमा छनोट गर्न सक्नुपर्दछ । यसरी नेपालका राजनीतिक दलहरुमा उम्मेदवार छनोट गर्नेदेखि आफूलाई मन लागेको क्षेत्र रोज्नसम्म पुरानै नेताहरुको बोलबाला देखिन्छ । कतिपय नेतालाई उम्मेदवार बन्ने रहर भएर पनि निर्वाचन क्षेत्र पाएका छैनन् भने कयौँ नेताहरु रोजी–छाडी आफ्नो जन्मभूमि, कर्मभूमि छोडेर दुई–दुईवटा निर्वाचन क्षेत्रबाट हिमाल, तराई र पहाड सबैतिरबाट संविधानसभामा उम्मेदवार बन्दैछन् । यसलाई सही ढंगको लोकतान्त्रिक अभ्यास मान्न सकिन्न ।
¨¨

Related Posts

नकारात्मकतातिर उन्मुख सामाजिक सञ्जाल

नकारात्मकतातिर उन्मुख सामाजिक सञ्जाल

कोरोना डायरी : हात नमिलाउने घोषणा र लाखौँ मास्क वितरण

कोरोना डायरी : हात नमिलाउने घोषणा र लाखौँ मास्क वितरण

सत्तरी वर्षसम्म राजनीतिक अस्थिरता

सत्तरी वर्षसम्म राजनीतिक अस्थिरता

Discussion about this post

अन‌ि यो पनि

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
समाज

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

काठमाडौँ, १० माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली...

Read more
रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

दुई ठाउँमा राखिएको शंकास्पद बस्तु इँटा र सिसाको बोतल

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In