भरतपुर । निर्वाचन कार्यालय चितवनले चितवनमा निर्वाचनका कार्यक्रम तय गरेको छ । निर्वाचन कार्यालय चितवनको मगलवार बसेको बैठकले चितवनमा निर्वाचन कार्यक्रम तय गरेको हो । निर्वाचन कार्यक्रमअन्र्तगत असोज १७ गते मनोनयन १० बजेदेखि ५ बजेसम्म तय गरेको हो ।
उम्मेदवारको नामावली प्रकाशन १८ गते, दावी विरोधमाथि उजुरी १९ गते, उजुरीमाथि जाँचबुझ गरी निर्णय २० गते, पुनःनामावली प्रकाशन २१ गते, उम्मेदवारी फिर्ता २२ गते, अन्तिम नामावली २३ गते र निर्वाचन चिन्ह प्रदान २४ गते तय गरिएको छ ।
सहायक निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार मंसिर ४ गते हुने संविधानसभाको निर्वाचनलाई केन्द्रित गरी निर्वाचन कार्यालयले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
Discussion about this post