भरतपुर । बालकुमारी उच्च माध्यमिक विद्यालय नारायणगढले स्नातक कलेज चलाउने भएको छ । चितवन कलेजको नाममा विद्यालयले स्नातक कलेज चलाउने भएको हो ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएको उच्च माविले शैक्षिक वर्ष २०७० बाटै नया“ भर्ना लिन सुरु गरेको सञ्चालक समिति अध्यक्ष देशीराम प्रधानले जानकारी दिए । सस्तो र सुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी तीन वर्षे वाणिज्यशास्त्र संकाय (बीबीएस) कक्षा सञ्चालन गरिने उनले बताए ।
उच्च मावितर्फ विज्ञान, वाणिज्य, मानविकी र शिक्षाशास्त्र संकाय सञ्चालन गर्दै आएको विद्यालयको एउटै भवनबाट चितवन कलेजले पनि कक्षा सञ्चालन गर्ने सदस्यसचिव महेन्द्र श्रेष्ठले जानकारी दिए ।
Discussion about this post