भरतपुर गोल्ड कप हुने

अन‌ि यो पनि

भरतपुर । संयुक्त एम्बुलेन्स चालक संघ नेपालको आयोजनामा भरतपुरमा ‘सीएमसी भरतपुर गोल्ड कप–२०७२’ हुने भएको छ ।
आयोजकले शनिबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी कपबारे जानकारी गराएका हुन् । कपमा चितवनका ७ सहित नवलपरासी, पर्सा र रूपन्देही जिल्लाका ५ टिम गरी कुल १२ टिमको सहभागिता रहनेछ ।
भदौ ५ गते हुने उद्घाटन खेलमा एभरेष्ट क्लब भरतपुर र योङ्ग स्टार कावासोती भीड्ने संघका अध्यक्ष नवराज लामिछानेले बताए । खेल भरतपुरस्थित वीरेन्द्र क्याम्पस खेल मैदानमा हुनेछ । खेलमा सहआयोजक भरतपुर फुटवल क्लब, पद्मोदय क्लब पटिहानी, टाँडी क्लब, नारायणगढ फुटवल क्लब, चितवन स्र्पोटस् क्लब भरतपुर, वसन्तपुर यनाइटेड क्लब माडी, एभरेष्ट क्लब भरतपुर बसेनी, योङ्ग स्टार कावासोती, टेन्सवर्ग रुपन्देही, अभिषेक चर्च रजहर, गैंडाकोट–११ र वीरगंज युथ एकेडेमीले सहभागिता जनाउने अध्यक्ष लामिछानेले बताए ।
प्रतियोगितामा विजयी हुनेले एक लाख ११ हजार १११ रूपैयाँ, शिल्ड र प्रमाणपत्र पाउने छ ।
त्यस्तै उपविजेताले ५५ हजार ५५५ रूपैयाँ, शिल्ड र प्रमाणपत्र पाउने प्रतियोगिताको सह आयोजक भरतपुर फुटबल क्लबका अध्यक्ष लक्षु गुरूङले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजकमा चितवन मेडिकल कलेज सिएमसी रहेको छ । नकआउट चरणमा खेलाइने उक्त खेलको फाइनल भदौं १६ गते हुने आयोजकले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया