भरतपुर । चितवनका आठ राजनीतिक दलले सर्बदलीय राहत संकलन समिति गठन गरेर राहत संकलन गर्ने भएका छन् ।
भूकम्पका पीडितहरुका लागि चितवन दलहरुले सोमबार बैठक बसेर जिल्लामा राहत संकलन गर्ने निर्णय गरेका हुन् । सोमबार नेपाली कांग्रेस चितवनको पार्टी कार्यालयमा बसेको विभिन्न राजनीतिक दलहरुले दलका प्रमुखहरु सदस्य रहने सचिवालय पनि गठन गरेका छन् । नेपाली कांग्रेस चितवनका सभापति टेकप्रसाद गुरूङको अध्यक्षतामा बसेको बैठकले सर्बदलीय राहत कोषमा सहयोग गर्न जिल्ला स्थित सम्पूर्ण संघसंस्था उद्योगी , व्यापारी , नागरिक समाजलगायत सबैलाई आग्रह गरेको छ ।
संकलित राहत पहिला चितवनका पीडितहरुलाई वितरण गरेपछि मात्रै अन्यत्र पनि दिइने कांग्रेस सभापति गुरुङले बताए । त्यस्तै बैठकले दोस्रो जनआन्दोलनका घाइतेहरुको उपचारको लागि संकलन गरिएको रकम र एकीकृत तथा बृहत चितवन निमार्णको लागि संकलित रकम लाई सर्वदलीय समितिमार्फत ल्याई उपयोग गर्ने निणर्य गरेको छ । बैठकको निर्णयबारे जानकारी दिँदै नेपाली कांग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठले दलहरुले राहत र उद्धारमा सक्रिय रहन बैठकले सबै दलका भातृ संगठनलाई निर्देशन समेत दिएको बताए ।
Discussion about this post