नारायणगढ । चितवनमा क्रियाशील राजनीतिक दलका युवा संगठनहरुले महाभूकम्पमा ज्यान गुमाएकाहरुप्रति समवेदनमा प्रकट गरेका छन् ।
नेपाली कांग्रेस चितवनको पार्टी कार्यालयमा बसेको आठ दलीय युवा संगठनहरुको बैठकले सो समवेदना प्रकट गरेको हो । बैठकले आफ्ना माउ पार्टीहरुले स्थापना गरेका राहत कोषमा सहयोग जुटाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । सो बैठकले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेको उपचारका लागि अभाव भएको रगत पुरा गर्न चितवनमा रक्तदान गर्ने निर्णय गरेको छ । आज मंगलबार बिहान ७ बजेबाट भरतपुरको चौविसकोठीमा युवा संगठनहरुले रक्तदान कार्यक्रमको आयोजना गर्दै छन् । बैठक तरुण दल चितवनका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post