ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

मृत्यु जित्ने साहसी

by चितवन पोष्ट
२०७२ बैशाख १४, सोमबार ०४:२५ गते
in अन्तर्वार्ता
0
0
SHARES
Share on FacebookShare on Twitter

–धर्म सुवेदी
सधँै झैँ मेरो आफ्नो कामले शनिबार घर बाहिर निस्केँ । धरहरापछाडि खिचापोखरी जाने बाटोमा रहेको हवल्दार पान भण्डारमा जानुपर्ने काम थियो । म १२ बजे पान पसलमा पुगेँ । मोटरसाइकल पसल अगाडि राखेर म पसलमा छिरेँ । केहीबेरमा नै हलचल हुन थाल्यो ।
मानिसहरु भूकम्प भन्दै कराउन थाले । पसले ६५ वर्षीय हवल्दार अंकल र म के गर्ने कसो गर्ने भनेर अतालियौँ । नजिकै एउटा पर्खाल देख्यौँ र उतै टाँसिन पुगेछौँ । भूकम्पको कम्पन बढिरहेको थियो । एक्कासी आँखा धरहरातिर पुग्यो । धरहरा त बाँसको टुप्पो हल्लिएजस्तो बेस्सरी मच्चिरहेको थियो ।
अब लाग्न थाल्यो यो धरहरा कता ढल्ने हो । हेर्दाहेर्दै धरहरा त हामीतिर पो आउन थाल्यो । होसहवास् उडेछ । केही छिनमा त्यही धरहराको टुप्पोले हामीलाई पुरिसकेको थियो । भित्र थोरै उज्यालोचैँ थियो । कहाँबाट त्यो उज्यालो आएको हो थाहा भएन तर, मेरो टाउको र हात चलाउन सक्ने अवस्थामा रहेछु । अब कसरी निस्कनेभन्दा पनि तत्कालचैँ मरिएन भन्ने लाग्यो । हवल्दार अंकल र मसँगै थियौँ । उनी बोल्ने अवस्थामा थिएनन् । तर, मैले हेर्दा सास फेर्दै गरेको देखेँ । उनी पनि बाँचेका रहेछन् भन्ने मलाई लाग्यो ।
म धरहराले पुरिएको थिएँ । त्यसै बेला श्रीमतीको फोन आयो । मैले म ठीक छु भनेँ । मेरो अवस्थाको बारेमा भन्न उचित लागेन । आफू बाँच्छु वा मर्छु दोधारमा थिएँ । घरमा धेरै पिर गर्लान् भन्ने लागेर मैले वास्तविकता भनिन् । तर, विराटनगरमा रहेका तुलसी दाजुलाई फोन गरेँ । मेरो वास्तविकता दाजुलाई सुनाएँ । तर, कसैलाई खबर नगर्नु है भने । त्यतिबेलासम्म पुरिएकै अवस्था थियो । फेरि दोस्रो पटक भूकम्प जाँदा अब बाँचिदैन जस्तो लाग्यो तर आत्मबल घटेको थिएन ।
म चिच्याउन थाले । बाहिरको कल्याङकुलुङ आवाज मैले सुनिरहेको थिएँ । तर, मेरो आवाज बाहिर सुनिएको थियो या थिएन थाहा भएन । हामी टाँसिएको पर्खालले थिचिरहेको थियो । पर्खाललाई ढाडले म एक्लैले थेगिरहेको थिएँ । मानिसहरु नजिकैनजिकै आइरहेका थिए । म चिच्याइरहेको थिएँ । मैले पर्खाल हल्लाएँ । त्यसपछि त्यहाँ मान्छे रहेछ भन्ने पत्ता लगाएर पर्खाल फुटाउन थाले ।
झण्डै ४५ मिनेटपछि मलाई त्यहाँबाट उद्धार गरियो । मरेर पनि बाँचेजस्तो लाग्यो । अब पुर्नजन्म पाएँ भन्ने भयो । अनि ममात्र होइन अरुलाई पनि बचाउनु पर्छ भनेर जुट्न थालेँ । मसँगै रहेका अंकललाई निकाल्न म आफैं लागेँ, उनलाई ठूलो चोट लागेको रहेनछ । नजिकै अर्का युवा थिए उसलाई पनि निकाले ।
त्यतिबेलासम्म उद्धारका लागि धेरै मान्छे आएका थिएनन् । स्थानीयहरु मात्र जुटेका थिए । बाहिर निस्कदा प्रहरीहरु सहयोगका लागि आइरहेका मात्र थिए । मेरो टाउकोमा सामान्य चोटमात्र लागेछ तर धुलोले म नचिनिने अवस्थामा थिएँ । तर, धरहरामा धेरै मानिसको आवतजावत गरेको मैलै पहिलै जाँदा नै देखेको थिएँ । धेरै हताहत भयो भन्ने चै लाग्यो तर चिच्याएको र कराएको भने मैले सुनिन ।
मैले श्रीमतीलाई फोन गरेँ, अनि आफ्नो वास्तविकता सुनाएँ । घरमा रुवाबासी सुरू भइहाल्यो । म बाँचे, अब चिन्ता गर्नु पर्दैन भनेर तत्काल घर आइहाल्छु भने । बल्ल होस् आयो मेरो मोटरसाइकल खोई ? हेर्दा त पूरै पुरिएको रहेछ । मोटरसाइकलको के चिन्ता भनेर जतिसक्दो छिटो घर आउनका लागि हिडेँ । तर, सवारी साधान केही पाइएन ।
सिंहदरबारसम्म हिँडेर आएँ अनि ट्याक्सीमा पुरानो बानेश्वर कोठा आइपुगेँ । जब घर पुगेँ छिमेकीसहित सबै बाहिर बसेर मेरो प्रतीक्षामा गरिरहेका रहेछन् । मलाई देख्ने बित्तिकै चकित भए । म चिनिने अवस्थामा थिइन । मृत्युलाई जितेर आएको भन्दै मलाई सगुन खुवाएर अबिर लगाइदिए । अनि पो मलाई डर लाग्यो मृत्युको मुखमा पुगेर पनि बाँचेछु भनेर ।

Related Posts

‘मोसोभित्र पत्रकारिताको झल्कोसँगै प्रेमको झिल्को पनि छ’

‘मोसोभित्र पत्रकारिताको झल्कोसँगै प्रेमको झिल्को पनि छ’

‘मोसोभित्र पत्रकारिताको झल्कोसँगै प्रेमको झिल्को पनि छ’

‘मोसोभित्र पत्रकारिताको झल्कोसँगै प्रेमको झिल्को पनि छ’

तिहार, देउसीभैलो र वर्तमान

‘पुस्तक पढ्ने पाठकहरुले आफ्नो उपचार आफैँ गर्न सक्छन्’

Discussion about this post

अन‌ि यो पनि

स्वाब जाँच्दाजाँच्दै डाक्टर नै सङ्क्रमित
प्रमुख समाचार

नेपालमा कोरोना : ८४३ मा सङ्क्रमण, २२६ निको

काठमाडौं ४ वैशाख । कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ...

Read more
प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपालसामु १३७ रनको लक्ष्य

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In