भरतपुर । विनाशकारी भूकम्पले कतिखेर उठिवास लगाउने हो भन्ने चिन्ता सबैमा छ । भूकम्पले देशभरि सयौँको ज्यान लिइरहेको समयमा चितवनमा पनि यसको जोखिमबाट बच्न स्थानीयहरु खुला ठाउँमा भेला भई समय काट्ने गरेका छन् ।
नारायणी नदी किनार, क्याम्पाचौर, गेस्ट हाउस चौर र अन्य ठूला खुला ठाउँहरुमा आममान्छेको भीड लाग्ने गरेको छ । त्यस्तै सडकको बीच भागमा पनि स्थानीयहरु जम्मा भई बस्ने गरेका छन् ।
बिरामीको उपचारसमेत खुला ठाउँमा गरिएको छ । भूकम्पबाट बच्नका लागि मानिसहरु हल्लै हल्लाको भरमा भागदौडसमेत गर्ने गरेका छन् ।
यस्तै बजार क्षेत्र आइतबार पनि आंशिक रुपमा मात्रै खुलेको छ ।
Discussion about this post