ADVERTISEMENT
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

परदेशमा अन्त्य भएको एउटा सपना

by चितवन पोष्ट
२०७२ बैशाख १२, शनिबार ०२:५२ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

कल्पना भट्टराई
नवलपरासी । अग्यौली ४ गोडारका ३७ वर्षीय धनबहादुर पञ्जियारको मुत्यु भएको साढे दुई वर्ष बित्यो । तर, शव अहिलेसम्म आइपुगेको छैन ।
साउदी अरबमा ज्यान गुमाएका धनबहादुरको शव नआएपछि परिवार पीडामा डुबेका छन् । उनका दुई छोरा र एक श्रीमती छन् ।
‘चाँडै घर फर्किन्छु, छोराको ख्याल राख्नु भन्नुहुन्थ्यो, शवसमेत देख्न पाइएन्, पुनमले अला अवरुद्ध पार्दै भनिन् । एक वर्षअघिको फोन संवाद सम्झँदै पुनम भन्छिन्, ‘बिरामी परेको ६ दिनपछि मृत्यु भएको खबर आयो, घरमा फोन गरेकै दिन मुत्यु भएको रहेछ ।’
घरमै बसेर सानोतिनो काम गर्दा पनि धनबहादुरको जीवन गुजारा चलेको थियो । पुनमका अनुसार, नाता पर्ने एक व्यक्तिले कतारको भिषा पठाइदिने बताएपछि चार वर्षअघि विदेश जाने योजना बनाएका थिए । पैसा थिएन । भएको ९ कट्ठा खेत प्रतिकट्ठा २७ हजारका दरले बेचेर हतारमा पासपोर्ट बनाए । एजेण्टलाई ७० हजार रुपैयाँ बुझाएर कतारमा धेरै पैसा कमाउने सपना बोकेर उनी उडेका थिए । तर, त्यहाँ पुगेपछि साहुले एक दिन पनि बस्न नदिइ अरब लिएर गयो । जङ्गलमा उँट चराउने काममा लगायो ।
पुनम थप्छिन्, ‘उ“ट चराउने काम अप्ठ्यारो भएपछि काम छाडेर त्यहाँबाट भाग्नुभयो, २ महिनापछि मृत्यु भएको खबर पो आयो ।’ दुई वर्षसम्म उ“ट चराउने काम गर्नुभयो । अफ्ठ्यारो परेपछि पहिले काम छाडेर एसी क्म्पनीमा काम गर्छु भन्नुहुन्थ्यो ।’ उनले भनिन् ।
‘अब उहाँको सम्झनामात्र बाँकी छ’, उनले भनिन्, ‘आउने आश पनि मरिसक्यो । छोराहरुले अझै बाटो हेरेर बसिरहेका छन्, अहिले सानै छन्, ठूला भएपछि पढाउन धेरै खर्च लाग्छ, आफै विदेश जाने विचारमा छु ।’ मृत्युको खबर दिनेले आत्महत्या भन्छन्, मलाई त्यस्तो लाग्दैन्, उनी भन्छिन् ।
पञ्जियारको घटना एक उदाहरण मात्र हो । वैदेशिक रोजगारीमा गएका धेरै परिवारकोे घर यसरी नै उजाडिएको छ । बाकसमा शव आउने क्रम पनि दैनिक बढ्दैछ ।
धेरै पैसा कमाएर परिवारलाई सुखसँग पाल्ने सपना बोकेर धेरै वैदेशिक रोजगारीका लागि जान्छन् । त्यहाँ पुगेपछि वातावरण भिन्न भइदिन्छन् । गएकामध्ये कति परिवारदेखि सम्पर्कविहीन हुन्छ, कति दुर्घटनामा पर्छन्, कति समय नपुग्दै फर्किछन् त कतिको शव घरमा आइपुग्छ ।
नवलपरासीमा वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा खाडी मुलुकको बढी रहेको छ । विदेश जाने युवाको संख्या जति मात्रामा बढेको छ । बाकसमा शव आउने क्रम पनि उति नै छ ।
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले काम गरिरहेका छन् । उपलब्धि भने सोचेजस्तो छैन । सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रका अनुसार नवलपरासीमा एक वर्षको अवधिमा २८ वटा शव आएका छन् ।
राष्ट्रिय तथ्यांकअनुसार नेपालमा दैनिक ४ वटा शव आउने गरेको छ । संस्थाले मृतक धनबहादुर पञ्जियारको शव नेपाल ल्याउनका लागि पनि प्रवासी नेपाली समन्वय समितिसँग समन्वय गरेको छ ।
प्रवासी नेपाली समन्वय समिति र साउदी अरबस्थित नेपाली दूतावासले खोजी गरिरहेको संस्थाका परामर्शदाता रञ्जना लम्सालले बताइन् । कम्पनीको नाम र ठेगाना पत्ता नलाग्दा शव झिकाउन गाह्रो भएको छ, उनले भनिन्, ‘मृतक हो भन्ने प्रमाणसमेत छैन ।’

Related Posts

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

सामुदायिक वनमा भीषण आगलागी

आगलागी हुँदा छ घर जलेर नष्ट

Discussion about this post

अन‌ि यो पनि

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो
प्रमुख समाचार

राप्ती नगरपालिकामा ट्याक्टर पल्टँदा कम्तीमा पाँच जनाको मृत्यु

भण्डारा । घर ढलान गरेर फर्केका मजदुरहरु चढेको ट्याक्टर दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २०...

Read more
बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा दुई दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In