भरतपुर । सूचनाको हकका लागि नागरिक अभियान (सीसीआरआई) नेपालको चितवन जिल्ला सञ्जाल निर्माण गरेको छ ।
वैशाख ३ देखि ७ गतेसम्म मकवानपुरको हेटौंडामा सीसीआरआईले चितवन, मकवानपुर र पर्सा जिल्लाका गरी २७ जना मध्यस्थकर्ताहरुलाई पाँचदिने सूचनाको हकसम्बन्धी तालिम दिएको थियो ।
तालिम लिएर फर्केका चितवनका एघारैजना सहभागीहरु सम्मिलित ‘सूचनाको हकसम्बन्धी सञ्जाल’ पत्रकार अजय गोर्खालीको नेतृत्वमा शुक्रबार निर्माण गरिएको हो । सञ्जालमा मनेजर महतो, प्रतिमा कँडेल, ममता अधिकारी, भावना पण्डित, सुरक्षा रेग्मी, सीमा अधिकारी, सरस्वती भट्ट, लक्ष्मी पौडेल, विपीन पाठक र अस्मिता सुवेदी रहेका छन् ।
पहिलो चरणमा जिल्लामा रहेका विभिन्न सरकारी तथा सार्वजनिक निकायहरुमा गएर जनसरोकारका विविध विषयका सूचनाहरु कानुनी प्रक्रियाअनुरुप माग्ने, गाउँ–नगर तथा विद्यालयस्तरमा सूचनाको हकबारे चेतनामूलक अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय सञ्जालले गरेको छ ।
Discussion about this post