रत्ननगर । नेपालमैत्री समाज भरतपुरको मुख्य आयोजना र नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय युवा सूचना केन्द्र चितवनको सहयोगमा बिहीबारबाट रत्ननगर नगरपालिका–६ स्थित मोहना उच्च माविमा प्रकोप न्यूनीकरण, वातावरण संरक्षण र दिगो विकासबारे अभिमुखीकरण कार्यक्रम सुरू भएको छ ।
नेपाल सरकारले लिएको नीतिअनुुसार विद्यालयबाटै बालबालिकामा वातावरण संरक्षण र दिगो विकास सम्बन्धि समुदायमा चेतना अभिवृद्धि गर्न कार्यक्रम आयोजना गरिएको नेपाल मैत्री समाजका अध्यक्षले वीरेन्द्र पौडेलले जानकारी दिए । कार्यक्रममा प्रकोप न्यूनिकरणको बारेमा बिरेन्द्र पौडेल र मदन भण्डारी, वातावरण संरक्षणका बारेमा बिन्दु भण्डारी र सरिता गिरी एवम् दिगो विकासका बारेमा आशिष पौडेललगायतले प्रशिक्षण दिने जनाइएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा आमा समूह मोहनाकी अध्यक्ष कृष्णकुमारी ढकाल, रत्ननगर नगरपालिकाको अनुगमन अधिकृत सन्ध्या रिजाल, सामाजिक विकास शाखा प्रतिनिधि शारदा वाग्ले, मोहना उच्च माविका प्राचार्य दयाराम ढकाललगायतले मन्तव्य राखेका थिए ।
Discussion about this post