ADVERTISEMENT
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

अपराध नियन्त्रणमा प्रहरी सक्रियता

by चितवन पोष्ट
२०७२ बैशाख १०, बिहीबार ०१:२६ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

अपराध नियन्त्रणमा प्रहरी सक्रियता दिपेन्द्र अधिकारी
भरतपुर । चितवन प्रहरीले जिल्लामा भए गरेका विभिन्न गम्भीर प्रकृतिका घटनामा सफलता हात पारेको छ । हत्या, अपहरण, जर्वजस्ती करणीलगायतका घटनामा प्रहरीले सफलता पाएको हो । त्यस्तै प्रहरीकै सक्रियताका कारण पछिल्ला दिनमा केही अपराधिक घटना हुनबाट टरेको छ ।
घटना भइसकेपछि अभियुक्त पक्रनु र अनुसन्धान बलियो पार्नु अपराध क्षेत्रमा सफलता भए पनि हुन खोजेको घटनालाई पहिल्यै नै रोक्नुले प्रहरीको सक्रियता देखिएको हो । घटना भएको अवस्थामा प्रहरीले ९० प्रतिशत जति घटनामा अभियुक्त पक्रन सफल भएको छ । यस वर्ष ११ जनाको हत्या भएको चितवन प्रहरीले जनाएको छ । उल्लेखित घटनामा संलग्न आरोपितहरुमध्ये हालसम्म २६ जना सलंग्न भएकोमा चार जनामात्र फरार रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै यस वर्षभरि कुल २७ वटा बलात्कारका घटना भएका छन् । उल्लेखित घटनाहरुमा ३१ जना संलग्न भएकामा तीनजना फरार रहेको प्रहरीबाट प्राप्त तथ्यांकमा उल्लेख छ । हरेक महिनाजसो बलात्कार घटना भएको देखिन्छ । गत असार महिनामा आठवटासम्म बलात्कारका घटना भएको प्रहरीले जनाएको छ ।
‘अपराध नियन्त्रण गरी समाजमा अमनचयन कायम राख्नु आफूहरुको पहिलो कर्तव्य रहेको प्रतिक्रिया दिँदै चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले भने, ‘प्रहरीले सक्रियता देखाएकै कारण अपराधिक घटनाका आरोपित पक्रन सफल भएका हौं ।’
हत्या र बलात्कार घटनाका फरार अभियुक्तहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले हत्या र बलात्कारका साथै अन्य अपराधमा संलग्नहरुलाई पनि प्रायः जसोलाई पक्राउ गरेको तथ्यांकले देखाउँछ । केही वर्षदेखि अपराधिक घटना कम हुँदै आएको चितवन जिल्लामा पूनः ठूलो अपराधिक घटना गराउने गरी नारायणगढमा जम्मा भएका पाँचजना युवा घटना हुन नपाउँदै पक्राउ परे ।
गत वैशाख ४ गते बेलुकीको उक्त घटनामा पक्राउ परेका उनीहरुले आफूहरुको पैसा म्यानपावर कम्पनीले खाइदिएपछि बदला लिन हत्याको योजना बनाएको र उक्त योजना सफल पार्न नारायणगढ रोजेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन् ।
कावासोतीका व्यापारीको हत्या र नारायणगढको एक व्यापारीको अपहरण गर्ने योजना तुहिएपछि चितवनमा ठूलो अपराधिक घटना टरेको हो । प्रहरी स्रोतका अनुसार नारायणगढबाट अपहरण गर्ने भनिएका व्यापारीले पैसा नदिएको खण्डमा उनको पनि हत्या गर्ने भन्ने मानसिकता उनीहरुले बनाएका थिए । यस घटनामा प्रहरीले रिभल्भर पेस्तोल, गोली, चक्कु आदि बरामद गरेको छ ।
व्यापारीको हत्याका लागि उनीहरुले सार्प सुटर भाडामा लिएर आएको समेत खुलासा भएको छ । म्यानपावर साहुले १४ लाख जति लिएको र सो रकम फिर्ता लिने बचन दिएको प्रहरीले जनाएको छ । त्यस्तै चितवन प्रहरीले गत चैत १४ गते भरतपुरबाट अमेरिकन सिक्सर रिभल्वरसहित दैलेखका एक युवकलाई पक्राउ ग¥यो । भारतबाट चोरी गरी ल्याइएको उक्त पेस्तोल चितवनमा लुकाउनका लागि मात्र ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
गत फागुनको ३ गते चितवन प्रहरीले डा. नारायणबहादुर थापा अपहरण तथा शरीर बन्धक रहेको अवस्थामा उद्धार गरेको थियो । यस घटनाका सबै अभियुक्त तत्कालै पक्राउसमेत परेका थिए । होटलमा शरीर बन्धक पारी राखे पनि उनीहरुको अपहरण गर्ने योजना भने असफल बनाएको प्रहरीले प्रतिक्रिया दिएको थियो । डा. थापासँग मोटो रकम असुलीका लागि अपहरण प्रयास गरेका भरतपुरका घनश्याम पौडेल, सखम खवास, जुने लिम्बु, रिता पुरी पूर्पक्षका लागि थुनामा छन् भने यसै घटनामा संलग्न भनिएका अर्का आरोपित सूर्वण हमाल एक लाख रूपैयाँ धरौटी राखी अदालतबाट छुटेका छन् ।

Related Posts

Chitwan Post

व्यावसायिक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायीको आग्रह

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु

चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
समाज

व्यावसायिक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायीको आग्रह

भरतपुर । चैत २८ गते शनिबार राति ४० वर्षीय सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको सिराहाको लाहनमा गोली हानी हत्या गरी पसल...

Read more
इजिप्टमा देश चिनाएर फर्किइन् अनुश्मा

इजिप्टमा देश चिनाएर फर्किइन् अनुश्मा

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु

चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In