ADVERTISEMENT
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

लम्बिँदो संक्रमणकालको रापमा नेपालको शैक्षिक क्षेत्र

by चितवन पोष्ट
२०७२ बैशाख ९, बुधबार ०२:३० गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

मधुसूदन दवाडी
नयाँ वर्षको आगमनसँगै नेपालमा विद्यालय तहमा भर्नाको मौसम सुरू भएको छ । विद्यालयहरु विद्यार्थीको आकर्षण बढाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका देखिन्छन् । राष्ट्रियदेखि स्थानीय मिडियाहरु सबै विद्यालयकै विज्ञापनहरुले भरिएका छन् । गुणस्तरीय शिक्षा दिनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरुको निर्माण गरिएको हरेक विद्यालयको दाबी देखिन्छ । शैक्षिक सत्रको प्रारम्भमा नै हरेक वर्ष शुल्क वृद्धिको विषयले विशेष प्राथमिकता पाउने गर्दछ । यस वर्ष पनि चितवनलगायत देशभरका निजी विद्यालयहरु शुल्क वृद्धिकै विषयलाई लिएर शैक्षिक सत्रको सुरूवातमा नै बन्द हुन पुगे । विभिन्न राजनीतिक दलनिकटका विद्यार्थी संगठनले शुल्क वृद्धिको व्यापक विरोध गरे । अन्ततः प्याब्सन शुल्क वृद्धिको निर्णयबाट पछाडि हट्न बाध्य बन्यो । अभिभावकहरुलाई चर्काे मार पर्ने गरी शुल्क भने वृद्धि गर्ने, तर त्यही विद्यालयमा वर्षौंदेखि कार्यरत शिक्षकहरुको भने पारिश्रमिक बढाउन नखोज्ने प्रवृत्ति निजी विद्यायलमा देखिएको छ । अझैसम्म पनि अधिकांश निजी विद्यालयहरुले सरकारी विद्यालयसरह न्यूनतम पारिश्रमिक दिन सकेका छैनन् । झन्डै एक हजार जनाभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने विद्यालयले पनि शिक्षकलाई न्यूनतम पारिश्रमिक नदिएर सञ्चालकहरुले सधैँ घाटामा रहेको तथ्यांक देखाउने गर्छन् । सरकारी निकायले पनि यस विषयमा गहिरोसँग अनुगमन तथा मूल्यांकन प्रक्रियालाई अगाडि बढाउन सकेको छैन । देशको अन्य क्षेत्रमा जस्तै संक्रमण– कालीन राजनीतिको असर शैक्षिक क्षेत्रमा पनि प्रत्यक्ष देख्न सकिन्छ ।
वास्तविकतामा भने विद्यालयमा विज्ञापन गरेजस्तो उपयुक्त बालमैत्री वातावरण पाउन सकिँदैन । सामान्य टिनका टहरोमा चलेका निजी विद्यालयहरुमा न त उपयुक्त पुस्तकालय देखिन्छ, न त खानेपानीकै राम्रो प्रबन्ध नै भेट्न सकिन्छ । कुन क्षेत्रमा कतिवटासम्म निजी विद्यालय चलाउन पाउने
भन्ने सरकारी स्पष्ट योजना पनि देखिँदैन । गल्ली–गल्ली र चोक–चोकमा मन्टेश्वरीका नाममा विभिन्न विद्यालयहरु खुलिरहेका छन् । बालमनोविज्ञानलाई बुझ्ने शिक्षकशिक्षिकाभन्दा पनि कतिपय विद्यालयमा आफन्तहरुलाई नै राखेर सञ्चालन गरिरहेको पाइन्छ । नेपालमा सरकारले २०३६ सालबाट निजीकरणको नीति अँगालेको भए पनि विशेषतः २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाल सरकारले लिएको निजीकरण र आर्थिक उदारीकरणको प्रभावस्वरुप देशमा निजी क्षेत्रबाट शैक्षिक संस्थाहरु वर्षा याममा च्याउ उम्रेझैँ स्थापित हुन थाले । अहिले निजी विद्यालयहरु कम्पनी ऐनअन्तर्गत सञ्चालित रहेका छन् । अहिले देशमा करिब २७ हजार सामुदायिक र करिब आठ हजार निजी विद्यालयहरु रहेका छन् । जे–जसरी निजी क्षेत्रबाट विद्यालयहरु खुले पनि शिक्षामा निजीकरण राष्ट्रिय शिक्षाको विकल्प कहिल्यै पनि हुन सक्दैन । शिक्षामा निजी क्षेत्रलाई प्राथमिकता दिने वा सरकारी लगानीलाई बढाउने भन्ने द्विविधामा सरकार देखिन्छ । एकातिर उर्लंदो निजी क्षेत्रको भेललाई नियन्त्रण गर्न सरकारले सकेको छैन भने अर्काेतिर सरकारले सार्वजनिक शिक्षामा गरेको साधनस्रोतको लगानी पनि त्यति प्रभावकारी र उत्पादनमूलक बन्न सकेको छैन ।
देशभर धमाधम निजी विद्यालयहरु खोल्ने लहर नै चलेपछि कतिपय ठाउँमा सरकारी विद्यालयहरुमा विद्यार्थी संख्या घट्दै गइरहेको छ, कतै त विद्यार्थीभन्दा शिक्षक धेरै देखिन्छन् । समाजमा निजी विद्यालयकै कारणले एकातिर सरकारी लगानी खेर गइरहेको छ भने अर्काेतिर देशभर दुई प्रकारको जनशक्ति स्थापित भइरहेको
देखिन्छ । हुनेखाने वर्गका विद्यार्थीहरु बोर्डिङमा र गरिब तथा विपन्न वर्गका छोराछोरीहरु सरकारी विद्यालयमा पढ्नेक्रम अहिले पनि जारी छ । पढेर भविष्यमा पाउने अवसरमा पनि हुनेखाने वर्गका छोराछोरी नै अगाडि छन् । विकसित देशको गुणस्तरीय शिक्षाको कुरा गरे पनि नेपालका अधिकांश बोर्डिङ स्कुलहरु विद्यार्थीलाई पुस्तक र कापीकै भारी बोकाउनमै सीमित बनेका छन् । कतिपय विद्यार्थीहरुले एसएलसीमा डिस्टिङ्सन ल्याए पनि क्याम्पस जीवनमा उनीहरुको स्तरलाई टिकाइराख्न नसकेको देखिन्छ । बालकको रूचि र मनोविज्ञानमा आधारित शिक्षाभन्दा पनि घोकाएर वा थर्काएर जसरी हुन्छ एसएलसीमा धेरै नम्बर ल्याएर विद्यालयलाई उत्कृष्ट देखाउन खोज्ने आमप्रवृत्ति देखिन्छ । विद्यार्थीहरुमा नैतिक शिक्षा, जीवनदर्शन र अनुशासनका बारेमा दिइने शिक्षामा भने कमीको महसुस हुँदै गएको छ ।
एकातिर निजी विद्यालयमा भित्रिएको चरम निजीकरणले माफियाहरुको बिगबिगी देखिन्छ भने अर्काेतर्फ सरकारले अरबौँ लगानी गरेको सरकारी विद्यालयको दुर्दशा पनि निकै लाजमर्दो छ । सरकारी विद्यालयमा बढ्दो बेथिति र भ्रष्टाचारले गर्दा शिक्षामा गरिएको राज्यको लगानी उपलब्धीहीन बन्दै गएको छ । महालेखा परीक्षकको ५२औँ वार्षिक प्रतिवेदनमा शिक्षा मन्त्रालयले हचुवाका भरमा कार्यक्रम तय गरेर अरबौँ रकम हिनामिना भएको देखाइएको छ । विसं २०२८ सालको नयाँ शिक्षा योजनाले सर्वप्रथम देशभर सञ्चालित विद्यालयलाई सर्वप्रथम राष्ट्रियकरण गरेको थियो । सरकारले विद्यालय शिक्षालाई समयअनुसार परिवर्तन गर्न सकेको छैन भने राजनीतिक प्रभाव र अस्थिरताको मारमा सामुदायिक विद्यालय गुज्रिएका छन् । पछिल्लो समयमा विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियामा राजनीतिक दलका स्थानीय नेताहरुको झगडा र कलह देखिन्छ । विद्यालय व्यवस्थापन समितिमा संसदीय निर्वाचनकै झझल्को दिने गरी निर्वाचन हुन थालेको छ, जसले कसरी तल्लो तहसम्म राजनीतिक प्रभावले जरो गाडेको छ भन्ने स्पष्ट हुन्छ । विद्यालयमा शिक्षक नियुक्तिदेखि अन्य निर्माणका कार्य गर्न पाइन्छ भन्ने उद्देश्यले स्थानीयस्तरमा विद्यालय व्यवस्थापन समितिको गठनमा एक प्रकारको झगडा, द्वन्द्व देखिन्छ । अर्काेतर्फ, विभिन्न राजनीतिक दलका पेसागत संगठनका नाममा पनि शिक्षकहरु राजनीतिमा सक्रिय देखिन्छन् । नियमित कक्षा नै छाडेर राजनीतिमा सक्रिय रहेका कारणले पनि शैक्षिक क्षेत्रमा समस्याहरु देखिएका छन् ।
प्रजातान्त्रिक परिपाटीमा देशका हर क्षेत्रको रुपान्तरणमा राजनीतिक दलको प्रमुख भूमिका हुन्छ । तर, नेपालका राजनीतिक दलहरुमा शैक्षिक क्षेत्रको रुपान्तरणबारे स्पष्ट नीति तथा दृष्टिकोण देखिँदैन । समय–समयमा देशमा राजनीतिक दलका विद्यार्थी संगठनले एकै प्रकारको राष्ट्रिय शिक्षा प्रणालीको माग उठाउँछन् । विद्रोहको समयमा माओवादीनिकट विद्यार्थी संगठनले शिक्षामा निजीकरणको विरोध गर्दे बोर्डिङ स्कुलहरु बन्द गराए । लमजुङ दुराडाँडाका मुक्तिनाथ अधिकारीलगायत देशका विभिन्न ठाउँमा विद्रोहको नाममा शिक्षकहरु माओवादी र सरकारी पक्ष दुवैतिरबाट मारिए । जातीय भाषामा पठनपाठनको माग गर्दै संस्कृत शिक्षाका पुस्तकहरु जलाइए । शैक्षिक क्षेत्रलाई शान्ति क्षेत्र बनाउनुपर्छ भन्ने माग उठे पनि शैक्षिक क्षेत्र कहिल्यै पनि शान्ति क्षेत्रका रुपमा स्थापित हुन सकेन । तर, स्वयं जनवादी शिक्षाको माग गर्दै विद्रोहमा होमिएको एमाओवादी सरकारमा पुग्दा शैक्षिक क्षेत्रका विकृति र विसंगतिहरुको अन्त्यमा उल्लेखनीय भूमिका खेल्न सकेन । गरिब र विपन्न वर्गका हकहितका लागि शैक्षिक एजेन्डाहरु उठाउनेभन्दा पनि राजनीतिक अभीष्ट पूरा गर्नका लागि शैक्षिक क्षेत्रलाई प्रयोग गरेको पाइन्छ । निजी विद्यालयहरु विद्यार्थी संगठनको मुख्य आयस्रोतको माध्यम पनि बनेका छन् । अहिले पनि विद्यार्थी संगठनहरुले निजी क्षेत्रबाट मोटो रकम असुल गर्ने गर्दछन् । सडकमा वा प्रतिपक्षमा रहँदा चर्काेसँग उठ्ने शैक्षिक सुधारका मुद्दाहरु सडकमा रहँदा भने सेलाउने गर्दछन् । दीर्घकालीन शिक्षा नीतिको निर्माण गरेर शैक्षिक क्षेत्रमा देखिएको दण्डहीनता, अराजकता, भ्रष्टाचार तथा अनियमितताको अन्त्यका लागि पनि अहिलेको संक्रमणकाल छोटिन आवश्यक देखिन्छ । देशका सम्पूर्ण समस्याको जड कारण नै राजनीतिक विकृति, विसंगति र संक्रमणकालीन अवस्था देखिएको छ । यसको समाधान गरेर विधिको शासन स्थापित नभएसम्म देशमा शैक्षिक सुधारको आशा राख्न सकिँदैन ।

Related Posts

के हामीमा ‘गुट’ बहिष्कार गर्ने हिम्मत छ !

के हामीमा ‘गुट’ बहिष्कार गर्ने हिम्मत छ !

धर्म जीवनको खोज हो

आफ्नो क्षमतालाई चिन्नुहोस् !

कर्म नै धर्म हो (लक्ष्मणरेखा)

कर्म नै धर्म हो (लक्ष्मणरेखा)

Discussion about this post

अन‌ि यो पनि

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो
प्रमुख समाचार

राप्ती नगरपालिकामा ट्याक्टर पल्टँदा कम्तीमा पाँच जनाको मृत्यु

भण्डारा । घर ढलान गरेर फर्केका मजदुरहरु चढेको ट्याक्टर दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २०...

Read more
बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा दुई दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In