भरतपुर । गुल्मी–चितवन मैत्री समाजले शनिबार १३ औँ साधारण सभा तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
समाजका अध्यक्ष यमबहादुर विकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मानबहादुर विके प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा भरतपुर अस्पतालका सिनियर कन्सल्टेन्ट डा. सुनिलमणि पोखरेल, प्राध्यापक डा. कृष्णप्रसाद काफ्ले, प्राध्यापक मक्तिनाथ ढकाललगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post