वैशाख कृष्णपक्षको अमावस्या तिथिलाई हिन्दू संस्कृतिमा आमाको मुख हेर्ने दिनका रुपमा मानिन्छ । आजको दिनलाई मातृऔँसी, मातृदिवस, मातातीर्थ औँसी आदि पनि भन्ने गरिन्छ । नौ महिनासम्म शिशुलाई गर्भमा धारण गरेर आफूले खाएको अन्न, जल, श्वास, संस्कार दिएर जन्म दिने र जन्मपछि पनि शिशुको स्याहार गरेर मनुष्यको आकारमा ढालिदिने आमाको मह¤वका बारेमा जति चर्चा गरे पनि त्यो अपूर्ण नै
हुन्छ । आमाको त्याग, तपस्या, समर्पण र उपकारबाटै आज हामी आ–आफ्नो अस्तित्वमा छौँ । आमालाई माता, जननी, महातारी आदि नामले सम्झन सकिन्छ । आमालाई धरतीका रुपमा सम्मान प्रकट गर्ने गरिन्छ । त्यसैले त ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् आमा र जन्मिएको भूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ भनेर शास्त्रमा वर्णन गरिएको छ । आमालाई ‘मातृदेवो भवः’ भनेर देवीसरह मानिएको छ । आमालाई तीर्थको रुप पनि मानिएको छ । यस्ती ममताकी खानी आमालाई श्रद्धा र सम्मान गर्न चुक्नु हुँदैन ।
पछिल्लो समय आफूलाई जन्म दिने आमालाई तीर्थवासका नाममा देवघाटलगायतका तीर्थस्थलहरुमा पु¥याउने चलन व्याप्त छ । दीर्घरोगी, अशक्त र अरुको भरोसामा बाँच्नुपर्ने बेलामा आश्रममा लगेर छाडिदिने कुसंस्कार निरन्तर रुपमा हुर्किरहेको छ । बुढेसकालमा छोराबुहारीबाट हेँला भएर आश्रममा बाँच्नु परेका दर्जनौँ आमाको कथाव्यथा सुन्दा मन नै सिरिङ्ग भएर आउँछ । आफूलाई गर्भमा धारण गर्दा, जन्मपश्चात् स्याहार गर्दा र कर्म दिँदा प्रिय हुने आमा जीवनको उत्तरार्धमा किन बोझ लाग्छिन् ? सधैँभरि सन्तानको सुखका लागि पेटभर नखाई हुर्काउने आमा किन एकाएक पराया बन्छिन् ? ती सन्तान, जसले आमाको गरिमा र मह¤व बुझ्न नसकेर फुर्सदमा पछुताइरहेका छन्, आमाको अपमान गर्ने र हेँला गर्नेेलाई कहिल्यै पनि भलो हुँदैन । आमाको जस्तो निष्कलंक, स्वच्छ माया अरु कसैबाट प्राप्त गर्न पनि सकिँदैन । आमाको वास्तविक मह¤व आमा गुमाउनेले बढ्ता महसुस गर्न सक्दछ । जसले आमालाई सम्मान प्रकट गर्छ, त्यसलाई सधैँ शान्ति र खुसी मिल्छ ।
मातातीर्थ औँसीका बेलामात्र होइन, आफ्नी जननीलाई सधैँभरि आदर र सम्मान गर्नुपर्दछ । बूढो घर रूँघेर बस्ने, कष्टकर जिन्दगी भोग्ने र बाध्यतावश वृद्धाश्रममा पु¥याइएका आमालाई लोकलाजका लागि एक दिन मुख मीठो गर्दैमा उनीहरुको मुहार कदापि हँसिलो हुन सक्दैन । र, आमाको वास्तविक मुख हेरेको पनि ठहरिँदैन । आधुनिक पुस्ताले वर्षको एक दिन आमाको मुख हेरेर होइन, सधैँभरि आमाको सम्मान गर्न सक्नुपर्दछ । आमाले हामीप्रति गरेको उपकारको साटो हामीले आमालाई दिने केही पनि छैन । जीवनभर जति सेवा गरे पनि आमाको अभिभारा चुक्ता गर्न सकिँदैन । हामी अनुग्रहित मुद्रामा आमाले गरेको समर्पणका लागि जीवित आमाको मुख स्नेहपूर्वक हेर्छौं, कर्तव्यले पाउ ढोग्छौँ र श्रद्धाले खाना खुवाउँछौँ । आमा नहुनेले मातातीर्थ धामलगायतमा गई आमाको स्मृतिमा श्राद्ध, दान गरी मातृदिवस मनाउने गर्दछन् । आमाको नाममा एक स्रष्टाले लेखेका छन् ः ‘धरतीमै छ सबै चीज खोजे मिल्छ घरीघरी, तर जन्म दिने आमा पाइँदैन कसैगरी ।’ यही कविताको भावलाई मनन् गरी जन्म दिने आमालाई सबैले श्रद्धा र
सम्मान गरौँ ।
Discussion about this post