रत्ननगर । चेपाङ समुदायका विद्यार्थीलाई सहजरुपमा शिक्षा आर्जन गर्ने वातावरण मिलाउन बृहत छात्राबासको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
नेविसंघ चितवनले नेविसंघ स्थापना दिवसको अवसर पारेर रत्ननगर–१० मंगलपुरमा रहेको गामबेसी चेपाङ संरक्षण केन्द्रमा आश्रित विद्यार्थीका लागि शैक्षिक सामग्री वितरण कार्यक्रममा चेपाङ समुदायले सहजरुपमा अध्ययन गर्ने वातावरण मिलाउन छात्राबासको व्यवस्था हुनुपर्नेमा जोड दिए ।
संविधानसभा सदस्य शेषनाथ अधिकारीले सबै चेपाङलाई पढेलेखेको बनाउन बृहत छात्रावासको अवधारणाले सघाउने धारणा राखे । उनले जनप्रतिनिधिले जनताको मतको कदर गर्न समेत ग्रामीण तहसम्म विकासका पूर्वाधारहरु पु¥याउनुपर्ने बताए । नेविसंघ चितवनका सभापति सूर्य ढकालले अति विपन्न वर्गलाई सहजरुपमा शिक्षा आर्जन गर्ने वातावरण मिलाउन राज्यलाई युवा समूहले दबाब दिनुपर्ने आवश्यकता रहेको बताए । गामबेसी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शर्माले पहाडी क्षेत्रमा सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या न्यून भएकाले विद्यार्थी आर्कषण गर्न छात्राबाससहितका सुविधा दिन राज्यले नयाँ कार्यक्रमहरु ल्याउनुपर्ने बताए ।
Discussion about this post