ADVERTISEMENT
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

पाठ्यपुस्तक समयमै पु¥याऊ

by चितवन पोष्ट
२०७२ बैशाख ३, बिहीबार ०३:०८ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नयाँ वर्षको आरम्भसँगै बुधबारदेखि मुलुकभर नयाँ शैक्षिक सत्र पनि सुरू भएको छ । क्यालेन्डर फेरिएसँगै विद्यार्थीका हातमा नयाँ पाठ्यपुस्तक उपलब्ध हुनुपर्नेमा त्यसो हुन सकेको छैन । नेपालमा ‘हिंसा दुव्र्यवहार र विभेदमुक्त विद्यालय बनाऔँ, सबै बालबालिकालाई विद्यालय पठाऔँ’ भन्ने नाराका साथ विद्यार्थी भर्ना अभियान सुरू भएको छ । केन्द्रदेखि जिल्ला तहसम्म भर्ना अभियानलाई तीव्रता दिइए पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । मुलुकभरका ५९ लाख विद्यार्थीका लागि पुस्तक छपाइ र वितरणको जिम्मा लिएको जनक शिक्षा सामग्री केन्द्र र निजी प्रकाशनले चैत २० गतेसम्म सबै जिल्ला सदरमुकाममा पुस्तक पठाउने प्रतिबद्धता जनाएका थिए । तर भर्नाअघि नै विद्यार्थीको हातहातमा पुस्तक पु¥याउने सरकारी योजना असफल भएको छ । पाठ्यपुस्तकको ढिलाइका कारण विद्यार्थीले राष्ट्रिय सिकाइ उपलब्धि हासिल गर्न नसक्ने स्थिति देखिएको छ ।
विगतमा पनि समयमै पाठ्यपुस्तक पु¥याउन नसक्दा हजारौँ विद्यार्थी प्रभावित भएका थिए । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर सुधार परीक्षण केन्द्रको अध्ययनबाट भर्ना भएका विद्यार्थीमध्ये २.५ प्रतिशत विद्यार्थीले मात्र शैक्षिक सत्रको अन्त्यसम्म पनि पाठ्यपुस्तक नपाउने देखाएको छ । तर मुलुकभरको वास्तविक शैक्षिक स्थिति त्योभन्दा पनि फरक छ । सरकारी विद्यालयमा देखिएका विविध समस्यामध्ये पहिलो समस्या समयमै पाठ्यपुस्तक पु¥याउन नसक्नु हो । यस्तो अवस्थामा विद्यार्थीको सिकाइ उपलब्धि कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ । कुनै जिल्लामा पुस्तक अभाव भइरहँदा कुनै जिल्लामा पाठ्यपुस्तक नै बिक्री हुन नसकेका दृष्टान्त पनि छन् । कास्कीको पोखरामा निजी क्षेत्रले गैरकानुनी रुपमा प्रकाशन गरी पुस्तक बिक्री गरेका कारण जनक शिक्षाका अधिकांश पुस्तक बिक्री हुन सकेका छैनन् । प्रायः जिल्लाका सदरमुकाममा अझैसम्म पुस्तक पुग्न सकेको छैन ।
दुर्गम क्षेत्रमा सधैँ पाठ्यपुस्तक पु¥याउन ढिलो हुनेमात्र होइन, कतिपय विद्यार्थीले वर्षभरि पुस्तकबिना नै परीक्षा दिनुपर्ने अवस्था छ । विद्यालयहरुको शैक्षिक अवस्था सुधार गरी उत्कृष्ट नतिजा हासिल गर्ने सरकारको लक्ष्य यस्ता समस्याका कारण ओझेलमा पर्ने गरेको छ । निजीको तुलनामा सरकारी विद्यालयको शैक्षिक अवस्था कमजोर हुनुको एउटा कारण पाठ्यपुस्तक समयमै उपलब्ध नहुनु पनि हो । शिक्षा मन्त्रालयकै ढिलासुस्तीले गर्दा विद्यार्थी मारमा परिरहेका छन् । पाठ्यपुस्तकको अभावबारे शिक्षा मन्त्रालयले समयमै निर्णय गर्न नसक्दा हजारौँ विद्यार्थी प्रभावित बन्ने गरेका छन् । मुलुकभर पुस्तक अभाव भइरहँदा शिक्षामन्त्री र सचिवजस्तो जिम्मेवार व्यक्ति विदेश सयर गरिरहेका छन् । शैक्षिक सत्रअघि भर्ना अभियानको रटान दिने सरकारले समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसक्नु लाजमर्दो विषय हो । आगामी दिनमा कुनै पनि विद्यार्थीले पाठ्यपुस्तकबिना नै परीक्षा दिनुपर्ने अवस्था उत्पन्न हुनुहुँदैन । यस विषयमा शिक्षा मन्त्रालयले समयमै उत्तरदायी भूमिका निर्वाह गर्नु आवश्यक छ ।

Related Posts

Chitwan Post

सुरक्षित रहौँ, सचेतना अपनाऔँ

Chitwan Post

पत्रकार महासंघको नयाँ नेतृत्वबाट अपेक्षा

Chitwan Post

जनआन्दोलन दिवसले दिएको सन्देश

Discussion about this post

अन‌ि यो पनि

यात्रा ग्रुपले मनायो सहाराको घरमा वार्षिकोत्सव
समाज

यात्रा ग्रुपले मनायो सहाराको घरमा वार्षिकोत्सव

चितवन । समाजको हितमा काम गर्दै आएको संस्था यात्रा ग्रुप चितवनले सहाराको घरमा आफ्नो ५ औँ वार्षिकोत्सव मनाएको छ ।...

Read more
चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो

राप्ती नगरपालिकामा ट्याक्टर पल्टँदा कम्तीमा पाँच जनाको मृत्यु

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा दुई दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In