रत्ननगर । रत्ननगर प्रहरीले ३४० ग्राम लागूऔषधसहित दुई युवालाई पक्राउ गरेको छ ।
रत्ननगरवाट सौराहातर्फ स्कुटीमा गाँजा लैजादै गर्दा प्रहरी गाँजासहित युवालाई पक्राउ गरेको हो । गत चैत ३० गते पक्राउ परेका युवाहरुलाई बुधवार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा रत्ननगर–१८ मालपुरका १८ वर्षीय सरोज भट्ट र सोही ठाउँका २८ वर्षीय चन्द्रे महतो रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
उनीहरुले प्रयोग गरेको बा.४५ प ९०४३ नम्बरको स्कुटी समेत बरामद गरिएको उनले जानकारी दिए । उनीहरुले सो गाँजा सौराहामा बिक्रीको लागि लैजादै गरेको अनुसन्धानवाट पत्ता लागेको प्रहरी निरीक्षक रिजालले बताए । उनीहरुलाई लागू औषध नियन्त्रण ऐन–२०३३ अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।
Discussion about this post