नारायणगढ । स्थानीय निकायमा जनप्रतिनिधिविहीन अवस्थामा विकास निर्माण र सामाजिक गतिविधिमा टोल विकास संस्थाहरुको भूमिका प्रभावकारी एवम् प्रसंशनीय रहेको सरोकारवालाहरुले बताएका छन् ।
बाह्रघरे टोल विकास संस्थाले सोमबार आयोजना गरेको शुभकामना आदान प्रदान एवम् चियापान कार्यक्रममा प्रमुख अतिथि भरतपुर उपमहानगरपालिका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटाले लामो समयदेखि जनप्रतिनिधिविहीन रहेको स्थानीय निकायमा विकास संस्थाहरुले आफ्नो टोलमा महत्वपूर्ण योगदान दिएको बताए । उनले पुल्चोक बाह्रघरेदेखि रामघाटसम्मको बाटो निर्माणका लागि नगरपालिकाले योजना सुरू गरेकाले तत्काल स्थानीयको सहकार्यमा काम गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विशिष्ट अतिथि उपमहानगरपालिका प्रशासकीय अधिकृत टीकाराम कँडेलले सडक पश्चिम चितवन जोड्ने मुख्य नाका भएकाले सबैको चासो जरुरी भएको बाताए । नेपाली कांग्रेसका चन्द्रमित्र पंडित, नेकपा एमालेका लक्ष्मणशर्मा पौडेल, एमाओवादीका कमल आचार्य, नागरिक वडा मञ्चका अध्यक्ष राजन गौतम, संस्थाका प्रेस सल्लाहकार अर्जुन अधिकारी, वरिष्ठ उपाध्यक्ष कमलकान्त शर्मा, सचिव लक्ष्मी सापकोटाले बालेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष महेशकुमार पौडेलको अध्यक्षतामा भएको थियो ।
Discussion about this post