कावासोती । नवलपरासीको सुनवलबाट प्रहरीले आइतबार चोरीको ३ लाख रूपैयाँसहित एका घरका चार जना भारतीय महिलालाई पक्राउ गरेको छ ।
भारत इलाहावाद घर भएका ३० वर्षीया पूजा पाश्रे, २० वर्षीया यशोदा पाश्रे, १८ वर्षीय संगीता पाश्रे र २५ वर्षीय सिल्पा पाश्रेलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिए ।
नवलपरासीको बर्दघाट ९ भुताहाका घनश्याम अर्यालले भुताहाको जनकल्याण वचत तथा ऋण सहकारी संस्थाबाट झिकेर लगेको ४ लाखमध्ये ३ लाख झिकेर लगेपछि खोजी गर्ने क्रममा सुनवल ३ को नदुवा गाउँबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
Discussion about this post