भरतपुर । चितवन कवाड व्यवसायी संघ नारायणगढको शनिबार सम्पन्न चौँथो जिल्ला अधिवेशनले संजयप्रसाद जैसवालको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा ललनप्रसाद जैसवाल, प्रथम उपाध्यक्षमा चन्द्रप्रसाद पोख्रेल, द्वितीय उपाध्यक्षमा कन्हैयाप्रसाद जैसवाल, तृतीय उपाध्यक्षमा ललनकुमार कानु, सचिवमा पुरन मल्ल, सहसचिवमा दिनेशकुमार शाह, कोषाध्यक्षमा शुक्रमान लामा, सहकोषाध्यक्षमा जयशंकरप्रसाद जैसवाल रहेका छन् ।
यस्तै, सदस्यहरुमा बम साह कानु, हरिमाया बम्जन, राधा गुरुङ, मुन्नाप्रसाद र्जसवाल, मनोजकुमार जैसवाल, संजय शाह, लक्ष्मण शाह, सुरेश घिमिरे चयन भएका छन् । यस्तै समितिको संरक्षक अध्यक्षमा नारायणसिंह गुरूङ, प्रमुख सल्लाहकारमा कृष्णप्रसाद बराल, मानार्थ सदस्यमा सतन शाह कानु चयन भएका छन् । निवर्तमान अध्यक्ष नारायण सिंह गुरुङको अध्यक्षतामा एवम् भरतपुर उपमहानगरपालिकाका इन्जिनियर विराट घिमिरे प्रमुख अतिथि रहेका थिए ।
Discussion about this post