नवलपरासी । नवलपरासीको बैदौली ८ बसैयामा शनिबार आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ ।
इलाका प्रहरी कार्यालय बेलाटारीका अनुसार आगलागीबाट स्थानीय बासिन्दा जैसी कुर्मीको घरबाट सुरू भएको आगलागी गुडु पासी, राजु पासीको घर जलेर नष्ट भएको छ ।
आगलागीमा प्रेम पासीको गोरुसमेत जलेको छ भने लत्ताकपडा र खाद्यान्नसहित साढे २ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र जनपथ प्रहरीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।
Discussion about this post