भरतपुर । पञ्चशील कृषि सहकारी संस्था लि. नारायणी नगरपालिका– ७ ले आयोजनामा शुक्रबार एकदिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, जिल्ला पशु सेवा कार्यालय, अन्तर्राष्ट्रिय भेटेरिनरियन युवा संघ नेपालको प्राविधिक एवम् औषधि वितरण सहयोग र विभिन्न औषधि उत्पादक कम्पनीका मेडिकल प्रतिनिधिहरुले सहयोग गरेका थिए । शिविरमा १११ जना किसानको २२३ पशुहरुको स्वास्थ्य परीक्षण एवम् निःशुल्क औषधि वितरण गरिएको थियो ।
संस्थाका अध्यक्ष मणिलाल कुँवरको अध्यक्षता र कृषि तथा वन विज्ञान विश्वविद्यालय भेटेरिनरी अस्पतालका निर्देशक प्राडा श्यामकिशोर साहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय भरतपुर चितवनका प्रमुख, वरिष्ठ पशु चिकित्सक डा. रामकुमार कार्कीको विशिष्ट आतिथ्य रहेको थियो । संस्थाका उपाध्यक्ष लुलाराज तामाङ र रामप्रसाद लामिछानेले मन्तव्य राखेका थिए ।
Discussion about this post