कविलास । साना किसान उद्यमी सवलीकरण परियोजनाअन्र्तगत श्रम नेपाल, हेफर इन्टरनेशनल, कविलास गाविस र यसअन्तर्गतका सामुदायिक वनहरुको संयुक्त साझेदारीमा डुम्रेबेसी महिला समूहले आफ्नै समूहका १४ जना सदस्यलाई ३४ वटा बाख्रा उपहार दिएका छन् ।
कृषि विकास कार्यालयका प्रमुख सोमनाथ घिमिरे प्रमुख अतिथि रहेको कार्यक्रममा जिल्ला विकास समितिका सुकदेव ढकाल, श्रम नेपालकी कार्यकारी निर्देशक सूर्यबदना हमाल र कार्यक्रम संयोजक होमनाथ अधिकारी, राष्ट्रिय जनमोर्चाका पदमपाणि पौडेल, एनेकपा माओवादीका रामबहादुर थापा मगर, दियालो परिवारका प्राविधिक संयोजक राजन घिमिरे, सफल सामाजिक उद्यमी महिला सहकारी संस्थाका मधुमाया गुरूङले मन्तव्य राखेका थिए ।
कार्यक्रम डुम्रेवेसी महिला समूहको अध्यक्ष आशमाया चेपाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post