नवलपरासी । काठमाडौँमा नेपाली माताको मन्दिर निर्माणका लागि मुक्तिनाथ पिठाधीश त्रिवेणीका स्वामी कमलनयनाचार्यले देशभर एकैसाथ १०८ स्थानमा महायज्ञ गर्नेक्रममा कावासोतीमा महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।
महाज्ञयको बारेमा कावासोतीमा गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यज्ञका लागि प्रचारप्रसार, स्थल व्यवस्थापन समिति तथा उपसमिति गठनलगायतका काम सकिएको छ ।
महायज्ञ विशुद्ध धार्मिक प्रचारप्रसार गर्ने उद्देश्यले गरिएको प्रचारप्रसार समितिका संयोजक लोकनाथ लामिछानेले बताए ।
उनले नेपालमा हिन्दू धर्म मास्ने काम भइरहेकोले पनि धर्मको जर्गेना गर्न महायज्ञ गर्न लागिएको विचार राखे । महायज्ञमा दुई लाख रूपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।
महायज्ञ नवलपरासीको कावासोतीसहित त्रिवेणी, परासी, बर्दघाट र गैँडाकोटसहित देशभर १०८ स्थानमा एकैसाथ वैैशाख १ गतेदेखि सुरू भएर ७ गते अन्त्य हुँदैछ ।
Discussion about this post