भरतपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको बिहीबार बसेको वैठकले वैशाख ७ गते जिल्ला भेला गर्ने निर्णय गरेको छ ।
बैठकले भेला सम्पन्न गर्नका लागि कार्यसमिति सदस्य कमला गुरूङलाई संयोजक र तुलमान गुरूङलाई सहसंयोजकको जिम्मेवारी दिइएको सचिव राजु चौधरीले जानकारी दिए । उपाध्यक्षमा कार्यसमिति सदस्य सन्दिप श्रेष्ठ र रिक्त रहेको दुई सदस्यमा कमला गुरूङ र तुलमान गुरूङलाई मनोनित गरिएको फोनिजकी कोषाध्यक्ष सविता श्रेष्ठले बताइन् ।
Discussion about this post