भरतपुर । भरतपुर–१० को स्याउलीबजार बचत तथा ऋण सहकारी संस्थाको वार्षिक कार्य योजनाबमोजिम शिक्षा उपसमितिले सहकारी शिक्षा दिएकोे छ ।
संस्थाका अध्यक्ष ऋषिराम देवकोटाको अध्यक्षतामा दिइएको सहकारी शिक्षा कार्यक्रममा सहकारी प्रशिक्षण एवम् डिभिजन कार्यालय चितवनका सहकारी प्रशिक्षक श्रीकृष्ण नेपाल प्रमुख अतिथि थिए । कार्यक्रममा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ भरतपुरका सहसचिव एवम् संस्थाका सल्लाहकार संयोजक केशवप्रसाद रेग्मी, टोल सुधार समिति स्याउलीबजारका अध्यक्ष तुलसी ज्ञवाली, सञ्जु आचार्यले मन्तव्य दिए ।
५५ जना सदस्यले प्रशिक्षण लिए । –विष्णु सुनार, प्रशिक्षार्थी
Discussion about this post