रत्ननगर । रन्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा ऋषिराम वाग्ले विजयी भएका छन् । संस्थाको पाँचौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनअन्तर्गत भएको निर्वाचनमा वाग्लेले २२७ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी यादव पाठकले १३५ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा श्यामप्रसाद बराल, सचिवमा भीमसेन पौडेल, कोषाध्यक्षमा श्यामकुमार प्रधान विजयी भएका छन् । सदस्यहरुमा दुर्गा घिमिरे, शशीकला खनाल, अम्बिका आचार्य, मणिप्रकाश खतिवडा र प्रेमकुमार थपलिया विजयी भएका छन् । –कमल घिमिरे, प्रशिक्षार्थी
Discussion about this post