भरतपुर । चितवन आर्टिष्ट संघले छ जना अग्रज कलाकारहरुलाई शनिबार सम्मान गरेको छ ।
संघको पहिलो साधारण सभामा आयोजित कार्यक्रममा चितवनका पुराना तथा अग्रज कलाकारहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा वरिष्ठ साहित्यकार तथा कलाकार गोबिन्दराज विनोदी, कलाकारहरु विष्णुकुमार श्रेष्ठ, भीमप्रसाद शर्मा, कलाकार तथा पत्रकार रामबाबु सुवेदी, कलाकार लक्ष्मण पोखरेल, सुवर्ण प्रधान, दामोदर तिवारी रहेका छन् ।
सम्मानित अग्रजहरुले सो अवसरमा छरिएर रहेका कलाकारहरु एकजुट हुन र कलाकारिता पेसालाई मर्यादित बनाउन विभिन्न सुझावहरु दिए ।
संघका अध्यक्ष तेजकुमार रानाको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार गोविन्दराज विनोदी प्रमुख अतिथि रहेका थिए ।
Discussion about this post