भरतपुर । गीतकार देवल भण्डारी तथा लोकप्रिय संगीतकार अर्जुन पोखरेलको गीती एल्बम ‘स्वर्णीम सपना’को शनिबार सार्वजनिक गरिएको छ ।
उदितनारायण झा, दीपानारायण झा, साधना सरगम, महालक्ष्मीलगायत ६ जना गायक गायिकाले स्वर दिएको एल्बमलाई द डिभाइन म्यूजिकले बजारमा ल्याएको संगितकार अर्जुन पोखरेलले जानकारी दिए । एल्बममा जम्मा ७ वटा गीत समावेश गरिएको छ । एल्बमअन्तर्गतको ‘कुन बेला आइ बस्यौ बोलको गीत’ चलचित्र लक्ष्यमा समावेश गरिएको संगीतकार पोखरेलले बताए ।
एल्बम सार्वजनिक कार्यक्रममा गामवेशी चेपाङ संरक्षण केन्द्रलाई संगीतकार पोखरेलले नगद सहयोग स्वरुप १० हजार १०५ रूपैयाँ हस्तान्तरण गरेका थिए । गामबेसी चेपाङ संरक्षण केन्द्रका प्रमुख केपिकिरण शर्माले सहयोग रकमले केन्द्रमा मन्दिर बनाउने बताए ।
Discussion about this post