सिद्धि । सिद्धि गाविसको निबुवाटारमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । एभिन्यूज टेलिभिजन चितवन कार्यालय, मौलाकालिका अस्पताल, महिला समूह समन्वय समिति र ललितपुरको नेसफिल्ड कलेजको संयुक्त आयोजनामा शिविर भएको हो । शिविरमा डा सन्तोष देवकोटा र डा अनिल कार्कीले २५० जना चेपाङ तथा तामाङको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेका थिए । शिविरमा आएका थप उपचार गर्नुपर्ने बिरामीलाई मौलाकालिका अस्पतालले निःशुल्क उपचार गरिदिने जनाएको छ । शिविरमा नेसफिल्ड कलेज ललितपुरका विद्यार्थीहरुले कपडा, चिउरा, दालमोठ र विद्यार्थीहरुका लागि स्टेशनरीका सामग्री वितरण गरेका थिए ।
Discussion about this post