ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

स्वाइन फ्लुको ‘हेल्प डेस्क’ प्रभावहीन

by चितवन पोष्ट
२०७१ चैत्र १९, बिहीबार ०१:२९ गते
in समाचार, समाज, स्वास्थ्य
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । चितवनको भरतपुर अस्पतालमा स्वाइन फ्लुका बिरामीको सहजताका लागि स्थापना गरिएको हेल्प डेस्क प्रभावहीन भएको छ ।
उक्त डेस्कमा खासै मानिस सोधीखोजीका लागि आउने गरेका छैनन् । डेस्कमा चैत १३ देखि १७ गतेसम्म २७ जनाले मात्रै जानकारी लिएका छन् । त्यसमा पनि अन्य अस्पतालबाट पठाइएका बिरामीले जानकारी लिएको पाइएको छ ।
डेस्कमा बस्ने कर्मचारी निलम गौतम खासै मान्छे नआउने गरेको बताउँछिन् । आएकाहरू रोग के हो, कसरी उपचार हुन्छ, टिकट कहाँ काट्ने भनेर सोध्ने गरेका छन् ।
आउनेलाई जनस्वास्थ्यले दिएको पर्चा वितरण गर्ने गरेको गौतमले बताए । हेल्प डेस्कमा अन्य कामले आएका र अन्य रोगका बिरामीले बढी सोधखोज गर्ने र बिरामीको उपचार प्रक्रियाबारे बुझ्ने गरेका छन् ।
स्वाइनफ्लुका बिरामी बढ्न थालेपछि डेस्क स्थापना गरिएको हो । जिल्लामा परीक्षणका लागि पठाइएका ३५६ बिरामीमध्ये १२१ जनामा स्वाइनफ्लु पुष्टि भएको छ । चितवनका मात्रै १०१ जना बिरामी छन् भने अरु बिरामी बाहिरी जिल्लाका छन् ।

चेतना दिन विद्यार्थी सक्रिय  
स्वाइन फ्लुको बारेमा सर्वसाधारण जनतालाई जानकारी दिने उद्देश्यले बुधबार बालकुमारी कलेजका विद्यार्थीहरुले सचेतनामूलक कार्यक्रमको आयोजना गरेका छन् ।
उनीहरुले समुदायमा स्वाइन फ्लुसम्बन्धी जानकारी दिन पर्चा पम्प्लेटको माध्यमबाट प्रचार प्रसार गरेको कार्यक्रम संयोजक निश्चल सापकोटाले जानकारी दिए । आफूहरुले सर्वसाधारणहरुलाई स्वाइन फ्लुका लक्षण, यसले प्रभाव पार्न सक्ने व्यक्तिहरु तथा यसबाट बच्ने उपायका बारेमा प्रष्ट पार्ने प्रयास गरेको उनले बताए ।
कार्यक्रमलाई भरतपुर उपमहानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यलय चितवन र बालकुमारी कलेज, शिक्षण अस्पताललगायतले सहायता गरेका छन् । कार्यक्रम बालकुमारी कलेजका सहप्राचार्य चुननारायण श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Related Posts

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

राजनीतिका कुरा र हामी

कोरोनाको बढ्दो जोखिम : विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

Discussion about this post

अन‌ि यो पनि

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट
समाज

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

चितवन । बकुलहर–रत्ननगर अस्पतालमा उपचार गर्न आउने विरामीले अनलाइनबाटै ओपीडी टिकट काट्न सक्ने व्यवस्था मिलाइएको छ । अस्पतालमा सेवा थप...

Read more
राजनीतिका कुरा र हामी

कोरोनाको बढ्दो जोखिम : विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In