भरतपुर । एमाओवादी जिल्ला जनआन्दोलन परिचालन समिति चितवनले मंगलबार विज्ञप्ति जारी गरी एमाओवादीसहितको ३० दलीय मोर्चाले आह्वान गरेको चैत २४ देखि २६ सम्मको आमहडताललाई सफल पार्न अनुरोध गरेको छ ।
पार्टीका जिल्ला संयोजक एवम् आन्दोलन परिचालन समितिका संयोजक ईश्वरी भट्टराईद्वारा जारी गरिएको विज्ञप्तिमा पहिलो चरणको विरोध कार्यक्रममा सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्दे पुनः दोस्रो चरणको कार्यक्रमका लागि अनुरोध गरिएको हो ।
Discussion about this post