भरतपुर । चैत २७ गते होटल स्टार बेन्कुइटमा हुने भनिएको रामकृष्ण ढकाल साँझ विशेष कारणवश होटल गंगोत्री हाइवे सौराहा चौकमा सरेको आयोजक समितिले जानकारी दिएको छ । कार्यक्रम सेढाईं होल्डिङ्स र सोसिजेनस मिडियाले संयुक्त रुपमा आयोजना गर्ने छन् । कार्यक्रम २७ गते साँझ ६ बजेदेखि १० सम्म हुनेछ ।
ढकाल साँझमा कलाकार दिपकराज गिरीको प्रस्तुति पनि रहने कार्यक्रम संयोजक तथा सोसिजेनस मिडियाका प्रबन्ध निर्देशक मिलन लामा गोलेले जानकारी दिए । कार्यक्रममा ढकालकी सुपुत्री रानी ढकालले पनि गीत गाउने उनले बताए । कार्यक्रममा सहभागी हुन ५०० तथा एक हजार रूपैयाँको टिकट खरिद गर्नुपर्नेछ । करिब ४ लाख रूपैयाँको लगानीमा आयोजना गर्न लागिएको कार्यक्रममा करिब ५०० जना दर्शक आउने अनुमान गरिएको संयोजक लामाले बताए ।
Discussion about this post