ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

रासायनिक विषादीले क्यान्सरको सम्भावना बढी

by चितवन पोष्ट
२०७१ चैत्र १६, सोमबार ०२:३२ गते
in प्रमुख समाचार, स्वास्थ्य
0
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । रासायनिक मल विषादी प्रयोग भएको खाद्यान्नले क्यान्सर हुने सम्भावना निकै बढाउने विज्ञहरुले बताएका छन् । प्राङ्गारिक बालीले भन्दा रासायनिक मल विषादी प्रयोग भएको खाद्यान्न र तरकारीका कारण क्यान्सर हुने सम्भावना छ गुणा बढी हुने भरतपुर क्यान्सर अस्पतालको अनुसन्धान विभागका जनस्वास्थ्य अधिकारी भोला सिवाकोटीले बताए ।
विषादी प्रयोग गर्दा सुरक्षा विधि नअपनाउनाले समस्या बढेको सिवाकोटीले बताए । ‘कुन विषादी कहिले कसरी प्रयोग गर्ने भन्ने सबै नीति निर्देशिकाहरु छन् । त्यो कसैले पालना गर्दैन समस्या त्यहाँबाट आएको हो’ सिवाकोटीले भने । जथाभावी प्रयोगले समस्या निम्त्याएको उनले बताए । नियन्त्रित प्रयोगलाई भने अन्यथा लिन नहुने उनको भनाइ छ ।
‘रासायनिक मल विषादीलाई निर्मुल नै गर्न सकिँदैन होला । तर जे जसरी प्रयोग गर्नु पर्ने हो त्यो विधि प्रक्रिया पूरा गरे पनि समस्या आउँदैन’ सिवाकोटीले भने । उनले विषादीको जथाभावी प्रयोगले गर्भावस्थामा शिशुको विकास रोकिने, ब्रेन, ब्रस्ट र पेटको क्यान्सर हुने समस्या आएको बताए । विभिन्न प्रकारका क्यान्सरमध्ये आधा रासायनिक विषादीका कारण हुने उनले बताए ।
चितवनका विभिन्न पाँच गाविसमा अध्ययन गर्दा गर्भवतीसमेतले विषादी छर्ने गरेको पाइएको अनुसन्धानकर्ता सुदीप आले बताउँछन् । साबिकका गाविसहरु मंगलपुर, जगतपुर, शुक्रनगर, चैनपुर र भण्डाराका २४२ गर्भवतीमा अध्ययन गर्दा त्यस्तो फेला परेको उनले बताए ।
विषादीको सबैभन्दा बढी प्रयोग कृषिमा नै छ । नेपाल जनस्वास्थ्य प्रतिष्ठानमा आबद्ध दीपक ज्ञवालीका अनुसार कूल विषादीको ९० प्रतिशत उपयोग कृषिमा नै हुन्छ । बिरूवाले १० देखि १५ प्रतिशत विषादीमात्रै लिने भएकाले बाँकी विषादी वातावरणमा फैलने उनले बताए । जसले गर्दा समस्या बढेको उनको भनाइ छ ।
प्रतिबन्धित विषादीसमेत बिक्री हुने समस्या रहेको अनुसन्धानकर्ताहरु बताउँछन् । चितवनका पाँच गाविसमा रहेका २५ विषादी बेच्ने पसलको अनुगमन गर्दा त्यस्तो समस्या फेला परेको हो ।
‘हुन त यो दुई वर्षअघिको अनुसन्धान हो । पसलमा ७० प्रतिशत विषादी बिना दर्ताका थिए’ अनुसन्धानकर्ता रामपुरको कृषि विश्वविद्यालयका उपप्रध्यापक सुन्दर तिवारीले भने ।
किसानले प्रतिबन्ध लगाएका विषादी पनि माग्ने र किसानले जे माग्यो पसलेले त्यही बेच्ने गरेको उनले बताए । विषादी र पशुको औषधिसमेत एकै ठाउँमा राखेर बेच्ने गरेको उनले बताए । एक तिहाई पसलेलाई बिक्री बन्द गरिएका विषादीका बारेमा जानकारी नै नभएको उनले बताए । यस्ता कुराले जनस्वास्थ्य र वातावरणमा गम्भीर समस्या ल्याएको उनले बताए ।
कृषि विभागका महानिर्देशक युवकध्वज जिसी रासायनिक विषादी नियन्त्रणका लागि जनचेतनासँगै विकल्प पनि आवश्यक रहेको बताउँछन् । ‘प्रयोग नगर भनेर मात्रै भएन, यो प्रयोग गर भनेर दिन पनि सक्नु प¥यो । विकल्प नभएपछि मान्छेले त प्रयोग गर्न छाड्दैन नि’ महानिर्देशक जिसीले भने । उनले रासायनिक विषादीलाई निमिट्यान्नै पार्न पनि नसकिने बताए ।
‘निमिट्यान्न पार्ने होइन रासायनिक विषादी कम प्रयोग गर्ने प्राङ्गारिक मल विषादीको प्रयोग बढाउनुपर्छ । सरकारले प्राङ्गारिक मल विषादीलाई प्रबद्र्धन गर्ने योजना बनाएको छ । यही वर्षको बजेट भाषणमा यो विषय सम्बोधन हुन्छ’ जिसीले भने ।

Related Posts

स्वाब जाँच्दाजाँच्दै डाक्टर नै सङ्क्रमित

नेपालमा कोरोना : ८४३ मा सङ्क्रमण, २२६ निको

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

‘विपदमा रेडियोको भूमिका महत्त्वपूर्ण’

कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि

Discussion about this post

अन‌ि यो पनि

स्वाब जाँच्दाजाँच्दै डाक्टर नै सङ्क्रमित
प्रमुख समाचार

नेपालमा कोरोना : ८४३ मा सङ्क्रमण, २२६ निको

काठमाडौं ४ वैशाख । कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ...

Read more
प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपालसामु १३७ रनको लक्ष्य

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In