नारायणगढ । ३० दलीय मोर्चा र प्रहरीबीच झडप हुँदा आइतबार नारायणगढको स्थिति केहीबेर तनावग्रस्त बन्यो । विरोध कार्यक्रमस्वरुप लाठी जुलुससहित आएका ३० दलीय मोर्चाले लायन्सचोकमा रहेका प्रहरीमाथि नै लाठी र ढुंगामुढा गरेपछि स्थिति असामान्य बनेको चितवन प्रहरीका डिएसपी राजन अधिकारीले बताए ।
तनावका कारण केहीबेर बजार बन्दसमेत भएको थियो । झडपमा केही आन्दोलनकारी र प्रहरी घाइते भए पनि उपचारपछि घर फर्किएका डिएसपी अधिकारीले जनाए ।
आन्दोलनकारीले ढुगांमुढा गर्दा लायन्सचोकमा रहेको ए टू जेड मोवाइल हाउस र सिद्धार्थ बैंकमा क्षति पुगेको प्रहरीले जनाएको छ । दुबै व्यावसायिक प्रतिष्ठानका सीसा फुटेको प्रहरीले जनाएको छ । राज्यसंघको विरोधका कार्यक्रममा निजी व्यवसायमाथि हमला भएको भन्दै व्यवसायीहरुले आपत्ति जनाएका छन् ।
Discussion about this post