नारायणगढ । सामुदायिक सेवा केन्द्र नारायणगढले वडा प्रहरी कार्यालय नारायणगढमा आएका प्रहरी निरीक्षक सत्यनारायण थापालाई स्वागत गरेको छ । थापा काठमाडौंबाट सरूवा भई वडा कार्यालय नारायणगढ आएका हुन् । चितवनबाट सरूवा भई काठमाडौं जान जान लागेका प्रहरी निरीक्षक राजकुमार थिड्डलाई विदाइ गरिएको छ । संस्थाकी अध्यक्ष मिना खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खरेलले दुवै प्रहरी निरीक्षकलाई सम्मान गर्दै प्रहरी र जनताको सहकार्यबाट असल समाज बन्ने र सामाजिक विकृति न्यूनीकरणका लागि समन्वय जरुरी भएको बताइन् ।
कार्यक्रममा प्रहरी निरीक्षक थिड्डले चितवन बसाइँमा सेवा केन्द्रमार्पmत भएको सहयोग प्रशंसा गरे । त्यसैगरी प्रहरी निरीक्षक थापाले आप्mनो चितवन बसाइँमा स्थानीयसँग सहकार्य गर्र्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ, सूचना तथा सञ्चार संयोजक अर्जुन अधिकारीलगायतले सेवा केन्द्रका अभियानबारे बोलेका थिए ।
यसैगरी आइतबार नै काठमाडौंबाट अवलोकन भ्रमणका लागि सामुदायिक सेवा केन्द्र इचंगुनारायण काठमाडौंको टोलीलाई सामुदायिक सेवा केन्द्र नारायणगढले स्वागत गरेको छ ।
Discussion about this post