भरतपुर । चितवन पोष्ट दैनिकका सम्पादक धर्मराज अर्याल र प्रबन्ध निर्देशक जीवराज अर्याललाई मातृशोक परेको छ ।
अर्यालद्वयका माता देवमायाको ८५ वर्षको उमेरमा वीरेन्द्रनगरस्थित आफ्नै निवासमा आइतबार दिउँसो निधन भएको हो । लामो समयदेखि दम तथा मुटुरोगबाट पीडित देवमायाका चार छोरा र तीन छोरी छन् । चितवन पोष्ट दैनिकका सहायक सम्पादक केशव भट्टराईले शोक वक्तव्य जारी गरी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
Discussion about this post