गैंडाकोट । सहज सामुदायिक अस्पताल गैंडाकोट र कलेज अफ मेडिकल साइन्सेस भरतपुरको संयुक्त आयोजनामा निरन्तर मेडिकल शिक्षा कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
सहज स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष करुणसागर सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहज सामुदायिक अस्पतालका चिकित्सकहरु डा. प्रमोद पौडेल, नशा तथा हाडजार्नी विशेषज्ञ डा. ज्योती सिटौला त्यस्तै कलेज अफ मेडिकल साइन्सेसका चिकित्सकहरु डा. आईपी चेरियन, डा. विनोद भट्टराई, डा. कौसल तिवारी, सुजन अमात्य, प्रतिक्षा पन्तलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै न्यूरो सर्जन आईपी चेरियनले सहज सामुदायिक अस्पतालले प्रमाणित गरेका गरिब तथा उपचार खर्च तिर्न नसक्ने बिरामीहरुलाई कलेज अफ मेडिकल साइन्सेसबाट निशुल्क उपचार गरेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा कौशल तिवारीले मुटुसम्बन्धी समस्याहरुको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रमा छ प्रतिशत मानिसहरुलाई मुटु रोग लागेको बताइएको छ ।
Discussion about this post