भरतपुर । लायन क्लब अफ नारायणी चौतारीको शनिबार सम्पन्न तेस्रो साधारण सभा तथा अधिवेसनले सूर्य न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा कृष्णप्रसाद भण्डारी, द्वितीय उपाध्यक्षमा बोधनाथ सुवेदी, तृतीय उपाध्यक्षमा इमान्दु बराल, सचिवमा विमलकुमार पौडेल, कोषाध्यक्षमा हरि पौडेल, सहसचिवमा सविन गोदार, सहकोषाध्यक्ष नवराज मरहठ्ठा भएको छ । क्लबका संस्थापक अध्यक्ष मेगनाथ बरालको विशेष अतिथि रहेको कार्यक्रममा गोमा सापकोटा, सुर्यप्रसाद पौडेललगायतले बोलेका थिए । कार्यक्रम क्लवका अध्यक्ष लायन ईश्वरीप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post