ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

जीवनमरणको दोसाँधमा युवा वैज्ञानिक

by चितवन पोष्ट
२०७१ चैत्र १४, शनिबार ०५:३६ गते
in प्रमुख समाचार
0
0
SHARES
Share on FacebookShare on Twitter

–बसन्त पराजुली
शिवनगर  । चिकित्सा क्षेत्रमा देखिएको बेथिति नियन्त्रणको माग गर्दै डा. गोविन्द केसी काठमाडौँमा आमरण अनशन बसिरहेका बेला यता युवा वैज्ञानिकबाट सम्मानित नाक, कान, घाँटी रोग विशेषज्ञ डा. प्रकाश अधिकारी जीवनमरणको दोसाँधमा छन् ।
एउटा चिकित्सकको आमरण अनशनको विषय राष्ट्रिय चर्चा बनिरहेका बेला राष्ट्रिय पुरस्कारबाट सम्मानित चिकित्सक साढे तीन वर्षदेखि विछ्यौनामा हुँदा कसैको चासो पुगेको पाइँदैन ।
मानिसको शरीरबाट ¥याल कसरी निस्कन्छ भनेर अध्ययन गरी नेपाल सरकारबाट युवा वैज्ञानिकको सम्मान पाएका डा. अधिकारी साढे तीन वर्षदेखि अचेत अवस्थामा ओछ्यानमै छन् । उनको हेरविचार गरिरहेका छन्, ७३ वर्षीय बुबा गोविन्द र ६५ वर्षीया आमा कौशिला अधिकारी ।
भरतपुर उपमहानगरपालिका वडा नं. २४ स्थित शिवनगर निवासी डा. अधिकारी दुर्घटनामा परेर यस्तो अवस्था भएको हो । छोराछोरीबाट स्याहार पाउनुपर्ने वृद्ध आमाबाबु नै अहिले ३६ वर्षीय छोराको स्याहारमा जुटेका छन् । डा. अधिकारीको उपचारमा उनीहरुले सक्दो रकम खर्च गरे  । तर, नेपाल सरकारले चासो नदिएको परिवारको गुनासो छ ।
“युवा वैज्ञानिकवाट सम्मानित व्यक्तिलाई नेपाल सरकारले १० लाख रुपैयाँसम्मको उपचार खर्च व्यहोर्ने व्यवस्था छ । तर, हाम्रो हकमा यो हुन सकेन”, छोराको उपचार र स्याहारसुसारमा जुटेका बुबा गोविन्दले भने “दुर्घटना भएपछि हाम्रो हैसियतबाट गर्ने उपचार गरियो । थप उपचारका लागि विदेशका राम्रा अस्पताल लैजान खर्च नहुँदा समस्यामा परेका छौँँ ।”
डा. अधिकारीले ¥याल ग्रन्थीमा हुने ट्युमरका कारण मानिसमा ¥याल आउने कारण पत्ता लगाएर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबाट विज्ञान तथा प्रविधि पुरस्कार पाएका हुन् ।
डा. अधिकारीलाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा २०६६÷०६७ आर्थिक वर्षको युवा वैज्ञानिक घोषणा गर्दै विज्ञान तथा प्रविधि युवा पुरस्कारबाट सम्मानित गरिएको थियो । यो पुरस्कार पाउनेलाई नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक साहयतासम्बन्धी कार्यविधि २०६८ अनुसार १० लाख रुपैयाँ उपचार पाउने व्यवस्था भए पनि त्यो नपाएको परिवारको गुनासो छ ।
अध्ययन पूरा गरेपछि रोजगारीका सिलसिलामा लहान पुगेका डा. अधिकारी २०६८ भदौ ११ गते दुर्घटनामा परेका थिए । लहानस्थित सरकारी अस्पतालमा काम गरेकै बेला जनकपुरमा भएको स्वास्थ्य शिविरमा बिरामीको उपचार गराएर फर्कंदा उनी दुर्घटनामा परेका थिए ।
मोटरसाइकलमा सवार रहेका बेला विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेका डा. अधिकारीको तत्काल विराटनगरस्थित न्यूरो अस्पतालमा टाउकोको शल्यक्रिया गरिएको थियो ।
शल्यक्रियापश्चात् १५ दिनसम्म उपचारमा कुनै सफलता नभएपछि उनलाई थप उपचारका लागि काठमाडौँस्थित नर्भिक अस्पताल लगेर साढे दुई महिनासम्म उपचार गरियो । यहाँ पनि उनको दोस्रो पटक टाउकोको शल्यक्रिया भएको थियो । तर, उपचार सफल हुन सकेन । परिवारले त्यसपछि पनि उपचारका लागि भारतका केही अस्पतालहरुमा पु¥यायो । त्यहाँ पनि सफलता हात लागेन । डा. अधिकारीका परिवारलाई अमेरिका लगेर उपचार गर्ने इच्छा भए पनि आर्थिक अभावले त्यो सम्भव हुन सकेको छैन ।
“नेपालदेखि भारतका विभिन्न अस्पतालहरुमा उपचार गराउँदा गराउँदै झण्डै ७५ लाख रुपैयाँभन्दा बढी खर्च लाग्यो  । तर, उपचार राम्रो भएन”, डा. अधिकारीका दाजु राजु अधिकारीले भने, “अब सरकारले सहयोग ग¥यो भने एकपटक अमेरिका लगेर उपचार गर्ने रहर छ ।”
युवा वैज्ञानिकको उपचारका लागि सरकारले उपलब्ध गराउने भनेको १० लाख रुपैयाँ पनि शिक्षा मन्त्रालय र अर्थ मन्त्रालयबीचको समन्वय अभावले पाउन नसकेको उनको भनाइ छ ।
“उपचारका लागि रकम माग गरिदिएको निवेदनसहितको फाइल कहिले अर्थ मन्त्रालय त कहिले शिक्षा मन्त्रालय आहोरदोहोर भइरहेको छ तर उपचार खर्चको रकम निकासा हुन सकेको छैन”, राजुले भने “भाइ जीवनमरणको दोसाँधमा हामीलाई टुलुटुलु हेरेर मरणासन्न अवस्थामा ओछ्यानमा सुतिरहेका छन् ।”
डा. अधिकारीको शरीर पनि पछिल्लो समय सुक्दै गएको छ । ओछ्यानमा सुतिरहेका कारण उनकोे ढाडमा पनि घाउ हुन थालेको छ । जसले परिवारलाई त्यसको उपचार गराउनसमेत गाह्रो भएको छ । आँखामात्रै टुलुटुलु हेरिरहने डा. अधिकारी कसैलाई पनि चिन्दैनन् । नाकमा जोडिएको पाइपबाट झोलिलो पदार्थ खुवाएर उनको जीवन बचाइएको छ ।
“दिनमा आठपटकसम्म झोलिलो पदार्थ पाइपबाटै दिन्छौँ”, आमा कौशिला अधिकारी भन्छिन् “बाबु ! विश्वका नाम चलेका अस्पतालहरुमा लगेर उपचार गराउन पाए यो छोराको उपचार हुन्थ्यो होला । मलाई यो छोरा उठेर म यो कुरा खान्छु आमा भनिदिए हुन्थ्यो भन्ने लाग्छ ।”
चितवनको स्मल हेभन स्कुलबाट प्रथम श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण गरेका डा. अधिकारीले अर्किड कलेज भरतपुरबाट प्रमाणपत्र तह र काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेजबाट आठ वर्षअघि एमबीबीएस उत्तीर्ण गरेका हुन् ।
२०३६ साल चैत ६ गते जन्मेका डा. अधिकारीले शिक्षण अस्पताल महाराजगञ्जबाट छात्रवृत्ति पाएर नाक, कान, घाँटीमा एमडी गरेका छन् ।

Related Posts

भरतपुर अस्पतालको बेथिति, विरामीलाई दिनभर पालो बस्दैमा हैरान

भरतपुर अस्पतालको बेथिति, विरामीलाई दिनभर पालो बस्दैमा हैरान

‘चितवन कोरोनाबाट अतिप्रभावित’

‘चितवन कोरोनाबाट अतिप्रभावित’

फर्केर हेर्दा २०७७ : चितवनले गुमायो राजनीतिका तीन धरोहर

फर्केर हेर्दा २०७७ : चितवनले गुमायो राजनीतिका तीन धरोहर

Discussion about this post

अन‌ि यो पनि

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट
समाज

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

चितवन । बकुलहर–रत्ननगर अस्पतालमा उपचार गर्न आउने विरामीले अनलाइनबाटै ओपीडी टिकट काट्न सक्ने व्यवस्था मिलाइएको छ । अस्पतालमा सेवा थप...

Read more
राजनीतिका कुरा र हामी

कोरोनाको बढ्दो जोखिम : विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In