रत्ननगर । रत्ननगर–१० मंगलपुरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रको परिसरमा निर्माण गरिएको सरस्वती मन्दिरको उद्घाटन गरिएको छ ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भरतपुरका प्रमुख शम्भु उप्रेती र राष्ट्रिय माडवारी सेवा परिषद्का केन्द्रीय उपाध्यक्ष उमाशकंर अग्रवालले सयुक्त रुपमा सो मन्दिरको उद्घाटन गरेका थिए ।
केन्द्रले सहयोग जुटाएर निर्माण गरेको सो मन्दिरको चैते दशँैको अवसर पारेर उद्घाटन गरिएको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले बताए ।
Discussion about this post