भरतपुर । नवलपरासीको मुकुन्दपुरमा रहेको गोर्खा ब्रुअरीले २८ जना मजदुरहरुलाई स्थायी नियुक्ति दिएको छ । बिहीबार २८ जना मजदुरहरुलाई व्यवस्थापन पक्षले स्थायी नियुक्ति दिएको हो । दैनिक ज्यालादारीका रुपमा १९ वर्षदेखि काम गर्दै आएका मजदुरहरुले स्थायी नियुक्ति दिन सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्दै नियुक्ति दिएको हो ।
मजदुरहरुले स्थायी नियुक्ति पाउ भन्दै २०६८ सालमा श्रम कार्यालय वुटवलमा निवेदन दिएका थिए । श्रम कार्यालय हुदै मुद्धा सर्वोच्च अदालतमा पुगेको थियो । सर्वोच्च अदातलले २०७० फाल्गुण २० गते स्थायी नियुक्ति दिने आदेश गोर्खा ब्रुअरीलाई दिएको थियो । मजदुरहरुले २०७१ श्रावणबाट लागू हुने गरी स्थायी नियुक्ति र २०६९ साउनबाट सम्पूर्ण सेवा सुविधा पाउने गरी नियुक्ति लिएको समग्र उद्योग टे«ड युनियन जिफन्ट केन्द्रीय सदस्य राजन भण्डारीले जानकारी दिए ।
Discussion about this post