भरतपुर । फर्निचर उद्योग तथा फर्निसिङ व्यवसायी संघ चितवनको दोस्रो साधारण सभा संघका अध्यक्ष शुक्रबहादुर श्रेष्ठको अध्यक्षता एवम् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीको प्रमुख आतिथ्यतामा भएको छ ।
संघका गतिविधिबारे अध्यक्ष शुक्रबहादुर श्रेष्ठ, द्वितीय उपाध्यक्ष भगवानकुमार जोशी र तृतीय उपाध्यक्ष अरुणकुमार खनालले मन्तव्य दिएका थिए । संस्था स्थापनाका लागि जग्गादाता हर्कबहादुर केसी, रामबहादुर केसी र प्रथम महिला सदस्य शशी लामालाई सम्मान गरिएको थियो । सचिव रविन्द्र बरालले प्रगति तथा कोषाध्यक्ष गंगाबहादुर गुरूङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Discussion about this post