ADVERTISEMENT
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

उखु किसानको आन्दोलनमा झडप

by चितवन पोष्ट
२०७१ चैत्र १२, बिहीबार ०१:४७ गते
in अर्थ, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

–रामकुमार श्रेष्ठ
नवलपरासी । उखुको उचित मूल्य निर्धारण गर्न माग गर्दै नवलपरासीका उखु किसानहरु बुधबारदेखि आन्दोलित भएका छन् । उनीहरुले बुधबार नवलपरासीको बेलाटारीमा प्रधानमन्त्री, उद्योग मन्त्रीलगायतका मन्त्रीहरुको पुत्ला दहन गरेका छन् ।
उखुको सिजन सकिन लाग्दासम्म पनि सरकारले उखुको मूल्य निर्धारण गर्न नसकेको भन्दै किसानहरु आन्दोलित भएका हुन् ।
पुत्ला दहनको क्रममा प्रहरी र उखु किसानबीच केहीबेर झडपसमेत भएको थियो । झडपमा कुनै अप्रिय घटना भने भएको छैन ।
गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल ४ सय ७६ रूपैयाँ निर्धारण गरिएको थियो । यस वर्ष उखु खेतीमा बढेको किसानको लागतअनुसार मूल्य बढाएर निर्धारण गर्नुपर्ने र कम्तीमा गत वर्षको बराबर मूल्य तोक्नुपर्ने उखु उत्पादन कृषक संघर्ष समिति नवलपरासीका अध्यक्ष उमेश यादवले बताए ।
किसानहरुले यस वर्ष मूल्य निर्धारण हुन नसक्दा पेश्की रकमसमेत पाउन सकेका छैनन् । नवलपरासीमा उत्पादन भएको अनुमान गरिएको २५ लाख क्विन्टल उखुमध्ये २२ लाख क्विन्टल उखु किसानहरुले चिनी मिलमा क्रसिङका लागि दिएका छन् ।
झण्डै १० दिनअघि नै चिनी मिलहरुले उखुको क्रसिङ कार्य सकिसकेको छ भने किसानहरुको खेतमा रहेको उखु अधिकांश सकिएको छ ।
किसानहरुले यस वर्ष झण्डै ७५ करोड रूपैयाँ पेश्की रकम पाएका छैनन् । उखु ढुवानी गरेको एक साताभित्र सरकारले मूल्य नतोक्नुअघि प्रतिक्विन्टल तीन सय ५० रूपैयाँ भुक्तानी दिने सहमति भए पनि किसानहरुले एक पैसा पनि पेश्की नपाएको स्थानीय किसान मुक्तिनाथ पाण्डेले बताए ।
नवलपरासीमा लुम्बिनी चिनी कारखाना, इन्दिरा सुगर मिल, बागमती सुगर मिलसहित चार वटा चिनी कारखाना रहेको छ । पटकपटक मूल्य तोक्न माग गरिए पनि सरकार मूल्य तोक्न उदासिन भएकोले आन्दोलनमा उत्रिन बाध्य भएको उखु किसान दीपकराज शर्माले बताए । किसानहरुले शुक्रबारदेखि चिनी मिलअगाडि धर्ना दिने जनाएका छन् ।

Related Posts

पूर्वजको वीरगाथाको अनुसरण गरौँ : प्रधानमन्त्री ओली

व्यापार असन्तुलन घटाउनेतर्फ सरकार गम्भीर

झुवानी सामुदायिक पुस्तकालयको साधारण सभा

झुवानी सामुदायिक पुस्तकालयको साधारण सभा

Chitwan Post

झापुटार–देउरालीनगर जोड्ने पक्की पुलको निर्माण सुरु

Discussion about this post

अन‌ि यो पनि

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया
समाज

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

रत्ननगर । रत्ननगरमा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत आइतबार वडा नं १३ का आमा समूहका प्रतिनिधिहरुसँग अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।...

Read more
देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा तीन दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In