ADVERTISEMENT
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

माओवादी दलहरुको पुनर्गठनको चर्चाले उब्जाएका प्रश्न

by चितवन पोष्ट
२०७१ चैत्र ११, बुधबार ०२:१५ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

मधुसूदन दवाडी
एमाओवादीले नेतृत्व गर्दै सडक संघर्षका विभिन्न कार्यक्रमहरु घोषणा गर्न थालेसँगै समय–समयमा टुक्रिएका पाँच माओवादी पार्टीहरुका बीचमा एकताको प्रसंग पनि उठेको छ । विशेषतः माओवादीको मूलधारबाट वैद्य नेतृत्वको नेकपा—माओवादी, चन्द नेतृत्वको माओवादी, मणि थापा र मातृका माओवादी गरेर विभिन्न दलमा टुक्रिएका छन् । कुनैबेला एकअर्काेमा आरोप र प्रत्यारोप गरेर पानी बाराबारको अवस्थामा रहेका यी दलहरुभित्र अहिले एकताको चर्चा चलेको छ । मुख्यतया संविधानसभाबाटै संविधान लेख्न लागेको एमाओवादी वार्ता वा सहमति छाडेर सडकमा आएसँगै पार्टी एकता वा पुनर्गठनको विषयले विशेष चर्चा पाएको हो । शक्तिशाली बनेर सत्तामा पुगेपछि टुक्रिने र सडकमा रहँदा शक्तिशाली रहने नेपालका कम्युनिस्टहरुको पुरानै प्रवृत्ति हो । यसअघि एमालेमा पनि त्यस्तै प्रवृत्ति देखिएको थियो । सत्तामा जाने होडले गर्दा फुटेको मालेका वामदेव गौतम २०५६ को निर्वाचनमा एक सिट पनि नजितेपछि हतारहतार एमालेमा प्रवेश गरेका थिए ।
दोस्रो संविधानसभामा तेस्रो दलमा सीमित भएको प्रचण्ड एमाओवादी अहिले न सदन न सडक भएर अलपत्रको अवस्थामा छ । सदनमा जाने हो भने अल्पमतमा छ, आफ्नो एजेन्डा कुनै हालतमा पूरा हुन नसक्ने अवस्था छ भने सदन छाडेर सडकमा जाँदा जनताको साथ र समर्थन नपाउने डर पनि त्यत्तिकै छ । जनताको भोट जितेर सदनमा जाने अनि फेरि सदनको प्रक्रिया मान्दिनँ भन्नु त्यति सुहाउने विषय होइन । १० वर्षे विद्रोहदेखि विद्रोह र आन्दोलनमा होमिएका नेपाली युवाहरु विद्रोहबाट थाकिसकेका छन् । कतिपय विद्रोहमा होमिएका माओवादी पूर्वलडाकुहरु आज खाडीको मरूभूमिमा उँट धपाउँदै छन् । के उनीहरुले बन्दुक बोकेर देखेको सपना त्यही नै हो त ? सबैको सामु गम्भीर प्रश्न खडा भएको छ । यस्ता अनुत्तरित प्रश्नको जवाफ दिनुपर्ने सबैभन्दा जिम्मेवार व्यक्ति नै प्रचण्ड नै हुन् । सडकमा वा विद्रोहमा जाँदा वैद्य र चन्द नेतृत्वको दलसँग नजिक देखिने एमाओवादी अहिले स्पष्ट कार्यदिशाको अभावमा छटपटाएको छ ।
जे उद्देश्यले विश्वमा कम्युनिस्ट पार्टीहरु स्थापित भएका थिए, नेपालमा पनि जे–जसरी पार्टीहरु जन्मिए उनीहरुलाई समयअनुसार रुपान्तरण गर्ने काम भएन । कहिले चिनियाँ कम्युनिस्ट त कहिले रसियन कम्युनिस्टको नाममा विभाजित भइरहे । सडकमा, विद्रोहमा निकै क्रान्तिकारी र राष्ट्रवादी देखिने नेपालका कम्युनिस्टहरु सत्तामा पुगेपछि भने उनीहरुमा स्खलन सुरू हुन्छ । स्खलनलाई नै मुख्य आधार बनाएर समय–समयमा कम्युनिस्ट पार्टीहरु टुक्रिने गरेका छन् । अहिले नेपालका माओवादी विचारधारा बोक्ने कम्युनिस्ट पार्टीका नेताहरुमा जीवन, व्यवहार र कार्यशैलीमा व्यापक रुपमा स्खलन आएको देखिन्छ । एमाओवादीबाट वैद्य पक्ष अलग हुँदा पनि त्यही विषयलाई उनीहरुले उठाएका थिए । वैद्य पक्ष जे सोचेर संविधानसभा छाडेर सडकमा आयो, तर उनीहरुको पक्षमा व्यापक समर्थन देखिएन । उनीहरुले गरेका कार्यक्रमहरु खासै प्रभावकारी बन्न सकेनन् । उल्टै वैद्य समूहबाट प्रभावशाली नेता नेत्रविक्रम चन्दलगायतका नेताहरु अलग भएपछि वैद्य पक्ष झनै खुम्चिन पुग्यो । चन्द पक्ष अहिले फेरि युद्धको नीति लिएर अगाडि बढिरहेको छ । माओवादी विद्रोहकालकै झझल्को दिने गरेर भर्खर नारायणगढ, कमलनगरमा रहेको निजी जग्गा आमसभा गरेर कब्जा पनि गरेको छ । मणि थापा र मातृका यादवको पनि बल प्रयोगकै नीति रहेको छ । यदि एकता गरेर फेरि पनि मूलधारमा फर्किन सकेनन् भने उनीहरुको अस्तित्व नै समाप्त हुने अवस्था देखिन्छ ।
किन यसरी शक्तिशाली कम्युनिस्ट पार्टी एकाएक विभिन्न साना टुक्रामा विभाजित हुन पुगे ? भन्ने विषयको गम्भीर आत्मसमीक्षा नगरीकन अब ती पार्टीहरुमा एकीकरण हुन असम्भव देखिन्छ । कुनै न कुनै नेताको व्यक्तिगत दम्भ, घमण्ड र कमजोरी नभइकन पार्टी विभाजित बन्न सक्दैन । आत्मसमीक्षा गरेर नेताहरुको कार्यशैली र गलत प्रवृत्ति नसच्चिएसम्म शीर्ष नेताबीच टाउको मिलाउँदैमा समग्र संगठन भावनात्मक रुपमा एकताबद्ध बन्न सक्दैन । स्वयं एमाओवादीले पनि दोस्रो संविधानसभामा पराजित हुनुका कारणहरुलाई गम्भीर ढंगबाट आत्मसमीक्षा गर्न सकेको छैन । उसले उल्टै तत्कालीन सरकार वा अन्य दललाई निर्वाचनमा धाँधली भएको भन्दै दोष थोपर्ने काम ग¥यो । आफ्नो आङको जुम्रा नदेख्ने र अरुको आङको भैँसी देख्ने प्रवृत्तिले पनि माओवादी विचारधारा बोक्ने पार्टीहरुमा समस्या देखिएको छ । केही विश्लेषकहरु माओवादी मूलधारमा राजनीतिक विघटन र सांस्कृतिक विघटनको दिशामा उन्मुख भएको विचार व्यक्त गर्दछन् । नेपाली समाज, समय र अन्तर्राष्ट्रिय सन्दर्भलाई बुझेर माओवादी शक्तिहरुले पार्टी संगठन, सिद्धान्त र कार्यदिशा तय नगरेसम्म गुमेको माओवादी शक्ति र प्रतिष्ठा फर्काउन निकै कठिन छ । २०५२ सालको नेपाली जनताको अवस्था, साक्षरतालगायतका अन्य नेपाली सन्दर्भ र अहिलेको नेपाली सन्दर्भमा व्यापक परिवर्तन आएको छ । फेरि त्यही ढंगले क्रान्ति र विद्रोहको कुरा गर्नेहरुको पनि नेपाली समाजमा खासै तुक देखिँदैन । प्रतिफल केही नपाइकन गरिने क्रान्ति, आन्दोलन वा सडक संघर्षको अहिले खासै औचित्य देखिँदैन । युवाहरुमा देखिएको राजनीतिप्रतिको वितृष्णाले पनि बन्द, हड्ताल, विद्रोह, कब्जा र धम्कीको राजनीति सधैँका लागि त्याग्नुपर्ने जरूरी छ । एकताको जतिसुकै चर्चा गरिए पनि एकताको मिलनबिन्दु पत्ता लाग्न सकेको छैन ।
दुईपटक सरकारको नेतृत्व गरे पनि प्रचण्ड नेतृत्वको माओवादीले आर्थिक र सामाजिक मुद्दालाई प्रभावकारी ढंगले उठाउन सकेन । यसअघि पनि कम्युनिस्ट पार्टीहरुको एकताको कुरा पटकपटक उठे पनि त्यसले सार्थक स्वरुप ग्रहण गर्न सकेको छैन । आजभन्दा छ वर्षअघि एमाले र एमाओवादीका बीचमा एउटै कम्युनिस्ट केन्द्र बनाउने हल्ला खुब चलेको थियो ।  हरेक पार्टीका नेतामा रहेको दम्भ र अहंकारले गर्दा पनि कम्युनिस्ट पार्टीबीचको एकता मृगतृष्णाजस्तो बनेको छ । नेताको बोलीचाली र कार्यशैली सैद्धान्तिक रुपमै हेर्दा पनि असफल प्रमाणित भएको छ । सिद्धान्तका आधारमा अलग हुनुपर्ने खासै कारण छैन । पार्टीहरुका बीचमा वैचारिक मेलमात्र भएर हुँदैन, एकले अर्काे पार्टीको अस्तित्व पनि स्वीकार गर्नुपर्दछ । नेपालमा रहेको राजनीतिप्रतिको बुझाइ र नेताहरुको कार्यशैलीमा व्यापक रुपान्तरण नभएसम्म पार्टी एकता सम्भव देखिँदैन । साँचो अर्थमा एकीकृत हुनका लागि खुला मन र फराकिलो छाती चाहिन्छ । संकुचित मन र संकीर्ण विचार लिइरहेसम्म माओवादी पार्टीहरुबीचको एकता सम्भव देखिँदैन ।
प्रजातान्त्रिक संस्कारमा कुनै एक शक्तिशाली राजनीतिक दलमा आउने तरंग र उथलपुथलका कारण सम्पूर्ण राजनीतिक संस्कार र प्रणाली नै अस्थिर बन्न पुग्छ । नेपालको राजनीतिमा हिजोको विद्रोही माओवादी शान्ति प्रक्रियामा आएको १० वर्षसम्म पनि नेपाली राजनीतिले गति लिन नसक्नुको कारण एमाओवादी, एमाले र कांग्रेसमा देखिएको विचलन नै हो । खासगरी, एमाओवादीमा आएको विचलन र क्षयीकरणकै कारणले समयमा संविधान बन्न सकेको छैन । अझै, नेपालले सडक संघर्ष र हड्तालबाट उन्मुक्ति पाउन सकेको देखिँदैन । राजनीतिक दलहरुलाई कम्युनिस्ट र गैरकम्युनिस्ट मुख्य दुई दलमा परिवर्तित नगरेसम्म राजनीतिमा अस्थिरता र दण्डहीनता बढिरहने देखिन्छ । अहिलेको समयमा माओवादी मात्र रुपान्तरित र स्थिर बन्ने हो भने पनि नेपालको राजनीतिले फड्को मार्ने सम्भावना छ । संसदीय परिपाटी पनि मान्छु र विद्रोह पनि गर्छु भनेर दुईजिब्रे प्रचलन रहेसम्म नेपाली राजनीतिले अपेक्षित गति लिन सक्दैन । यदि लोकतान्त्रिक संस्कार र पद्धतिमा चल्ने हो भने विद्रोह, हड्तालका कुरा छाडेर संसद्भित्र बहुमत र अल्पमतको राजनीति नगरी सुखै छैन । अन्य वैद्य, चन्द, मणि थापा र मातृका माओवादीले संसदीय प्रजातान्त्रिक बाटो अवलम्बन गर्नुको विकल्प छैन । जीवनभर क्रान्ति, परिवर्तन र रुपान्तरणको नारा जपेर कहिल्यै परिवर्तन देख्न नपाई मर्नुको खासै तुक देखिँदैन । कतिपय बिग्रिएका, मिति गुज्रिएका औषधिजस्तो बनेका नेताहरुलाई एक ठाउँमा राखेर मात्र पार्टी एकीकरण गरेर त्यसले खासै दूरगामी प्रभाव पार्न सक्दैन । हिजोका गल्ती र कमजोरीहरुलाई आत्मसमीक्षा गर्दै अब कहिल्यै गल्ती नगर्ने भनी जनतासामु प्रतिबद्धता व्यक्त गरेपछि मात्र माओवादी पार्टीहरुका बीचमा एकता हुन सम्भव देखिन्छ ।

Related Posts

के हामीमा ‘गुट’ बहिष्कार गर्ने हिम्मत छ !

के हामीमा ‘गुट’ बहिष्कार गर्ने हिम्मत छ !

धर्म जीवनको खोज हो

आफ्नो क्षमतालाई चिन्नुहोस् !

कर्म नै धर्म हो (लक्ष्मणरेखा)

कर्म नै धर्म हो (लक्ष्मणरेखा)

Discussion about this post

अन‌ि यो पनि

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग
समाज

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग

काठमाडौँ । सनातन धर्म महासङ्घ नेपालले पशुपति क्षेत्रको श्लेषमान्तक वनमा इसाइ (क्रिश्चियन) सम्प्रदायको पक्की चिहान निर्माण तत्काल रोक्न माग गरेको...

Read more
चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध

नेपालमा थप ४९६ जनामा संक्रमण पुष्टि, एकैदिन १३ जनाको मृत्यु

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

भारतमा कोभिड तीव्ररुपमा फैलिन थाल्यो, एकै दिन ४४ हजार सङ्क्रमित

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In